चितवन, साउन ७-
चितवनमा कोरोनाको संक्रिय संक्रमितको संख्या ३० जना पुगेको छ । आज शनिबार चार जना संक्रमित थपिएसँगै सक्रियको संख्या ३० जना पुगेको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर महानगरपालिकामा जम्मा २२ जनाको पीसीआर परीक्षण गर्दा चार संक्रमित थपिएका हुन् ।
जसमध्ये घरमा आइसोलेसनमा २८ जना छन् भने अस्पतालको आइसोलेसनमा दुई जना रहेका छन् । पछिल्लो केहीदिन यता चितवनमा कोरोनाको ग्राफ उकालो लागेको छ ।
उता, स्वास्थ्य तथा जनसंस्था मन्त्रालयले कोभिड १९ संक्रमण बढेको हुनाले भिडभाड हुने स्थानहरुमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ।
मन्त्रालयले सरकारी, गैह सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरुमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न ,विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातका मास्कको प्रयोग गर्न, गराउन तथा स्यानिटाइजरको प्रयोग गर्न गराउन अनुरोध गरेको छ।