काठमाडौं, साउन ७-
देशभर आज थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, आज ८६ जना सङ्क्रमणमुक्त भएसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भनेको भएको छैन ।