बुटवल, ७ साउन-
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएको बताउनुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गर्नुभयो ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भने, ुअलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाइएको थियो, त्यो फेल खायो, अव बाम एकताको फन्दा चलाइएको छ ।ु
कांग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरूलाई बामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरूसँग भने चुनावी एकता हुन सक्ने बताउनुभयो ।
छुट्टै प्रसंगमा उपमहासचिव ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदहरूको भावनामा चोट पुर्याएको बताउनुभयो ।
उहाँले माओवादी केन्द्रकै सांसदहरूले संशोधन प्रस्ताव राखेको नागरिकताको वैवाहिक अंगिकृत नागरिकताको एजेण्डा विपरित विधेयक पास गरिएको बताउनुभयो ।
वैवाहिक अंगिकृतबहेकका अन्य एजेण्डामा भने सरल र सहज तरीकाले हरेक नेपालीले नागरिकता पाउनु पर्ने पक्षमा एमाले रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।