Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास : प्रधानमन्त्री

काठमाडौं ,साउन ६-

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार–२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको विभिन्न क्षेत्रमा योगदान पु¥याउने साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री देउवाले जननायक वीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै राज्यबाट गरिएको सम्मानले स्रष्टा र सर्जकलाई थप हौसला प्रदान हुने उल्लेख गरे । विसं २००७ सालको राजनैतिक क्रान्ति सफल बनाउन तथा मुलुकमा प्रजातान्त्रिक शासन प्रणाली र नागरिक हकअधिकार स्थापित गर्न अतुलनीय योगदान पु¥याउनु हुने स्वर्गीय वीपी कोइरालाको नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भने, “वीपी कोइराला उच्च राजनैतिक चिन्तक र विश्लेषक मात्र नभएर उहाँ नेपाली भाषा साहित्यका एक उत्कृष्ट स्रष्टा, लोकप्रिय कथाकार एवं उपन्यासकार पनि हुनुहुन्थ्यो । समाजको परिवर्तनको लागि कोइरालाले राजनीतिक र साहित्य दुवैलाई आफ्नो कार्यक्षेत्र बनाइ आफ्नो समयको लोकप्रिय र चर्चित व्यक्तित्व हुनुभएको थियो ।”

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं राजनैतिक सङ्घर्षका प्रेरक जननायक वीपी कोइरालाको स्मृतिमा नेपाल सरकारद्वारा स्थापित वीपी कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने स्रष्टालाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले उक्त पुरस्कारबाट विभिन्न विधा र क्षेत्रमा पुरस्कृत हुनुहुने संस्था एवं सर्जकलाई बधाई ज्ञापन गरे ।

प्रधानमन्त्री देउवाले सम्मान एवं पुरस्कार कार्यक्रमले मुलुकमा राजनीतिक सुधार र जनताको हकअधिकारलाई स्थापित एवम् सुदृढ गर्ने तथा असल साहित्य सिर्जनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा लाग्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे ।

सबै पुरस्कृत प्रतिभाले राज्यको तर्फबाट प्रदान गरेका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्याङ्कन र गौरबको महशुस गराएको विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी योगदानको अपेक्षा पनि गरे । नेपाली साहित्य पनि एउटा समृद्ध साहित्यकारूपमा विश्वमा स्थापित भइसकेको भन्दै प्रधानमन्त्री देउवाले यसको गरिमा र गुणस्तरलाई आगामी दिनमा अझ गहकिला र विचारपूर्ण साहित्यको सिर्जना गरेर विश्व साहित्य जगतमा नेपालको आफ्नै विपशिष्ट पहिचान बनाउन आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष जननायक वीपी कोइराला एक आदर्श व्यक्तित्व भएको बताए । नेपालको राजनीतिक, ऐतिहासिक, सामाजिक र साहित्य क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका वीपीको स्मरण गर्नु राज्यको दायित्व भएकाले सोही अनुरुप उनको सम्मानमा पुरस्कार प्रदान गरिएको मन्त्री श्रेष्ठले स्पष्ट पारे ।

तीन स्रष्टा र एक संस्था पुरस्कृत

पर्यटन मन्त्रालयले विस २०७८ को वीपी कोइराला राष्ट्रिय पुरस्कारबाट तीन स्रष्टा र एक संस्थालाई पुरस्कृत गरेको छ । राजनीतिक दर्शन विधातर्फ कोइरालाको विचारबारे खोज तथा अनुसन्धानमा सक्रिय सुन्दरीजलस्थित वीपी सङ्ग्रहालय तथा राजनीतिक विधातर्फ वीपी कोइरालाको नजिक रहेर उनका साहित्य र राजनीतिक रचनाहरूको प्रकाशन व्यवस्थापनमा भूमिका खेल्नुभएका पुरुषोत्तम बस्नेतलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

साहित्य विधातर्फ यस वर्षको वीपी कोइराला राष्ट्रिय पुरस्कार संयुक्तरूपमा साहित्यकारद्वय डा विष्णुविभु घिमिरे र डा ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ । ती सबै पुरस्कार प्रधानमन्त्री देउवाले प्रदान गरे । पुरस्कारको राशि जनही नगद रु एक लाख र सम्मानपत्र रहेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान गरेका वीपी कोरोइरालाको स्मरणमा पर्यटन मन्त्रालयले यसैवर्ष सो पुरस्कारको स्थापना गरेको हो ।

पुरस्कृत व्यक्ति गौतमले नेपाली साहित्यमा आधुनिकता भित्र्याउने श्रेय वीपी कोइरालालाई जान्छ भन्दै नेपालको राजनीतिक र साहित्यको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिका नाममा पुरस्कृत हुन पाउँदा आफ्नो पहिचान बढेको बताए । पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई हरेक वर्ष वीपी कोइरालाई राष्ट्रिय पुरस्कार प्रदान गरिने बताए । रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.