Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

संविधान जारी भएको सात वर्षपछि बन्दै नागरिकता कानुन

काठमाडौं ,साउन ६-
नेपालको संविधानको धारा–१० मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने’ व्यवस्था गरिएको छ । संविधानको उक्त व्यवस्थालाई कानुनीरुप दिन संघीय संसद्लाई झण्डै सात वर्ष लागेको छ ।

नेपालको संविधानले निर्दिष्ट गरेअनुरुप संघीय कानुनबमोजिम व्यवस्था गर्नुपर्ने नागरिकतासम्बन्धी विषयमा स्पष्ट गर्नका लागि नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्न नेपाल सरकारले प्रतिनिधिसभामा नयाँ विधेयक पेश गरेपछि यसले निर्णायक छलफलको रुप प्राप्त गरेको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दिनभरजसो नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ घनिभूत छलफल भएको छ । यस विधेयकको छलफलको गाम्भीर्यतालाई ध्यान दिएर आज सभामुख अग्निप्रसाद सापकोटाले शून्य र विशेष समय राखेका थिएन । नागरिकता कै आधारमा नागरिकले पहिचान प्राप्त गर्नाका साथै सरकारी सेवासुविधा पाउने तथा आफ्नै हकअधिकारको उपयोग गर्ने आधार प्राप्त गर्नेछन् । संविधानको भाग–२ अन्र्तगत धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था गरिएकोमा उक्त धारामा व्यवस्था गरिएदेखि बाहेक नागरिकतासम्बन्धी अन्य विषयका हकमा संघीय कानूनबमोजिम हुने व्यवस्था उल्लेख छ ।

संविधानको धारा ११ को उपदफा–६ मा भएको व्यवस्थाबमोजिम ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने’ व्यवस्थालाई विधेयकले कानूनी आधार दिएको छ । त्यसरी नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई विवाह भएको सात वर्षपछि नागरिकता दिनुपर्ने विगतको सहमतिबाट विधेयक पछि हटेर समयसीमा निर्धारण नगरिएको तथा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी पुरुषको हकमा विधेयक मौन हुनुले विधेयक समानताको सिद्धान्तअनुकूल नभएको कतिपय सासद्को टिप्पणी छ । विधेयक चाँडो पारित गर्नुपर्नेमा सत्तापक्ष र विपक्षी सबै सांसद सहमत देखिए पनि वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिला र पुरुषले नागरिकता पाउने समयसीमाका विषयमा संशोधन परेका छन् ।

विधेयकमा संवत् २०७२ असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहनेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ । नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिकता मानिने व्यवस्था गरिएको छ ।

विधेयकमा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकको वंशज वा जन्मको आधारमा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैह्रआवासीय नेपाल नागरिकता प्राप्त गर्न सकिने संविधानको व्यवस्थालाई खुलाइएको छ ।

वैवाहिक अङ्गीकृत नागरिकताका सवालमा विदेशबाट नेपालमा विवाह गरेर आउने महिलालाई सहजै स्वीकार्ने तर पुरुषका हकमा स्पष्ट उल्लेख नरहनुले विधेयक लैङ्गिक समानताको प्रत्याभूति गराउन समर्थ नभएको टिप्पणी सांसदले गरेका छन् । विदेशीले नेपालीसँग विवाह गरेको सात वर्षपछि मात्रै नेपालको नागरिकता पाउन योग्य हुनुपर्ने प्रावधान छिमेकी भारतमा पनि सोही प्रकारको भएकाले त्यसअनुसार गर्न माग उठाइएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले भने आफू र प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको सहमतिबमोजिम नै विधेयक ल्याइएकामा स्वागत गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दफाबार छलफलका लागि प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदहरूले आफ्नो धारणा राख्ने क्रम शुरु भएको थियो । नागरिकताको मौलिक अधिकार, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतासँग जोडिएके सो विधेयक छिटो पारित गर्न सबै दल सहमत देखिए पनि त्यसभित्रका कतिपय व्यवस्थामा बहस भएको छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा प्रस्तुत गरिनेछ ।

तीन वर्षअघि तत्कालीन सरकारले प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमा लामो समय राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलपछि वैवाहिक अंगीकृत नागरिकताका विषयमा विवाद उत्पन्न भएको थियो । सो समितिको प्रतिवेदनका आधारमा छलफल नगरी त्यसबेलाबाको विधेयक फिर्ता लिइ हाल सरकारले नयाँ विधेयक पेश गरेको हो । अघिल्लो सरकारले नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषयभन्दा नयाँ विधेयकमा भिन्नता नभएको सत्ता पक्षीय सांसदको भनाइ छ भने विपक्षी सांसदले विचाराधीन विधेयक फिर्ता लिएर हतारहतार नयाँ विधेयक ल्याइनुले सत्ता पक्षको स्वार्थ प्रदर्शन भएको आरोप लगाएको छ ।  रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.