चितवन, साउन ६ –
एयरहोस्टेस पढाउने भरतपुरको एरोटेक इन्टरनेशनल स्कुलमा दोश्रो सिजनको भर्ना धमाधम चलिरहेको छ ।
भरतपुर–१० रिजालचोकस्थित अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको एरोटेकमा सिमिति सिटका लागि भर्ना खोलिएको बताउँदै प्रवन्ध निर्देशक सुमन भट्टले पढ्न चाहनेहरुलाई यथाशिघ्र सम्पर्क गर्न आग्रह गरे ।
एभिएसन सम्बन्धी अध्ययनका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि एरोटेक सञ्चालनमा ल्याइएको बताउँदै उनले कतार एयरवेजमा दश वर्षको अनुभव संगालेर चितवनमा एभिएसन स्कुल सञ्चालन गरिएको बताए ।
हिजोमात्र कतार एयरवेजसँग एरोटकका विद्यार्थीको डाइरेक्ट अन्तर्वार्ता गराइएको बताउँदै उनले एरोटेकबाट उत्पादित जनशक्तिलाई सिधै कतार पठाउन सकिने गरी सहमति पनि भएको बताए ।
नेपालमा विमानस्थल विस्तार, नयाँ विमानस्थल निर्माण र एयरलाइन्सको संख्या बढ्दै गएकोले यस क्षेत्रमा भविष्य राम्रो रहेको उनले बताए । विश्वभर नै एयरहोस्टेजको माग उच्च रहेकोले अध्ययन पश्चात काम सुनिश्चित हुने उनको भनाइ छ ।
आन्तरिक र बाह्य उडान गर्ने एयरलाइन्सहसँग सहकार्य गरेर विद्यार्थीहरुलाई अध्यापन गराइने उनले जानकारी दिए ।
भट्टका अनुसार एयर होस्टेस बन्नका लागि जुनसुकै विधाबाट कम्तिममा प्लस टु उत्तीर्ण भएको हुनुपर्छ । १८ वर्ष पुगि ३० वर्ष ननाघेको हुनुपर्छ ।
५ फिटभन्दा माथिको उचाइ हुनुपर्छ । यस्तै राम्रो देखिने व्यक्तित्व हुनुपर्छ यसको अर्थ राम्री भन्ने होइन । अनुहार वा हातमा कुनै दाग हुनुहुँदैन । शरीरमा देखिने खालका कुनै पनि ट्याटूहरु हुनु हुँदैन ।