माडी, साउन ६-
चितवनको माडी नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । माडी ४ अम्रौलीमा बाटोछेउमा पानीमा लडिरहेको अवस्थामा आज शुक्रबार बिहान शव फेला परेको हो ।
मृतक सोही ठाउँका ३५ वर्षीय शम्भु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारिले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।