काठमाडौं, साउन ६-
नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने सरकारले तयारी गरेको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची तय भएको हो । सामान्यतया विधेयकहरु माथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ ।
संसद सचिवालयका अधिकारीहरूका अनुसार प्राप्त संशोधनलाई ख्याल गरेर हाउसमै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने निर्धारण गर्ने गरिन्छ ।
सरकारको चाहनाअनुसार सभामुखले पनि सम्भावित कार्यसूचीमा राख्नुभएको छ भने प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले थप निर्णय गर्नेछ ।
प्रतिनिधिसभाबाट नागरिकता विधेयकलाई आजै पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ ।