काठमाडौं, साउन ४-
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् ।
उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएको आज आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
राजीनामापत्रमा उनले व्यक्तिगत कारण जनाएका छन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए ।
पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार