चितवन, साउन ४-
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको महानगर प्रमुख रेनु दाहालले शिलान्यस गर्नु भएको छ ।
आज बुधबार एक कार्यक्रमका बीच मेयर दाहालले भरतपुर ४ छाहारी बसपार्क नजिक रहेको स्थानमा निर्माण हुन लागेको भवनको शिलान्यस गर्नुभएको हो ।
आजै, मेयर दाहालले वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको राम मन्दिर आधारभूत स्वास्थ्य चौकीको उद्घाटन पनि गर्नुभएको छ ।
वडा कार्यालय शिलान्यस तथा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वडा कार्यालय निर्माण भएसँगै मुकानसहित छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
मेयर दाहालले अब दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताउनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार