हेटौंडा, साउन ४-
मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।
परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।
हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो (मंगलबार)परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
छात्राले आफूहरुमाथि दुर्व्यवहार भएको आरोप लगाएपछि क्याम्पसले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।