काठमाडौं, साउन ४-
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएकोबारे छानबिन गर्न गठित सदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ ।
संसदीय छानबिन समितिको बैठकमा मिलेसम्म आजै नभ्याए भोली बोलाएर सोधपुछ गर्ने तयारी गरेको हो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९ र ०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।
त्यसपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।