काठमाडौं, साउन ४-
स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न नेकपा एमालेले माग गरेको छ ।
स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न माग गरेको हो ।
यता, देशभरका बिभिन्न अस्पतालले सूचना निकालेर स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिएको घोषणा गरेका छन् ।
वर्तमान सरकारले २०७९-०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र स्वास्थ्य बिमाको सेवा प्रदान गर्ने व्यवस्था मिलाउने र त्यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गर्ने उल्लेख गरेको छ ।