आशिष उप्रेती
चितवन, साउन ३-
चितवनको राप्ती नगरपालिकाले भुमिहिनहरुको लागि निस्सा वितरण कार्य सुरु गरेको छ ।
१३ वटा वडा रहेको नगरपालिकाले पहाडी भेग तर्फबाट निस्सा वितरण सुरु गरेको हो । बर्षौ देखि बस्दै आएका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुका लागि नाप नक्साको निस्सा वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
आगामी दशैँ अगावै लालपुर्जा बाड्ने तयारीको साथ निस्सा वितरण गरिएको राप्तीका नगर प्रमुख शमशेर लामाले बताएका छन् ।
वडा नम्बर १० मा रहेका करिब ९०० घर धुरिका भुमिहिन तथा सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको छ । त्यस्तै वडा ११ मा यस अघिनै निस्सा वितरण गरि सकिएकोले आगामी दिनहरुमा कुनै रोकावट नआए केही महिनामै निस्सा वितरण कार्य सम्पन्न गरिने नगर प्रमुख शमशेर लामाले बताए ।