चितवन, साउन २-
यसवर्ष देवघाटमा बोलबम मेला लागेको छ । मेलाको भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले आज सोमबार उद्धघाटन गर्नुभएको हो ।
देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा आयोजना गरेको बोलबम मेला उद्धघाटन तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा उहाँले मेलाको उद्धघाटन गरेका हो ।
देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा ३० फिट अग्लो अष्ठधातुुको भगवान शिवको मुर्ति निर्माण गरिरहेको छ । आजै उपप्रमुख चित्रशेन अधिकारीले शिवको मुर्ति निर्माण कार्यको निरिक्षण समेत गर्नुभएको छ ।
कार्यक्रममा भरतपुर महानगर उपप्रमुख अधिकारी, वडा नम्वर १ का अध्यक्ष केशव मर्हजन, वडा सदस्य राजु गुरुङ लाई कदर पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेल, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन बाबु घिमिरे, संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र कुमार पिया, बिश्व शान्ति महायज्ञका संरक्षक तथा त्रिभुवन बिश्वबिद्यालय सामाजिक कार्य बिभाग प्रमुख लक्षुमण सुबेदी, लगायतले यो राम्रो र पुण्य काम भएकाले यसलाई सफल बनाउन सबै जुट्नु पर्नेमा जोड दिएका छन् ।