एजेन्सी, साउन २-
पछिल्लो समय डिटक्स वाटरको निकै चर्चा छ।
स्वच्छ पिउने पानीलाई काचको जार, डिसपेन्सर, बोटल या कुनै बाटामा विभिन्न जडीबुटी, लेमोन, स्याउ, सुन्तलाको स्लाइस हालेर छोपी पुरा रात राखेर बिहान पिउनु नै डिटक्स वाटर सेवन गर्नु हो।
उमालेर चिसो गरेको या जारको स्वच्छ पानीमा यो डिटक्स वाटर बनाउन सकिन्छ। बिहानको नास्ता खानु अगाडी डिट्क्स वाटर दुई गिलास पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
डिटक्स वाटर बनाउने तरिका
सफा पानी, कागती, सुन्तला, जुनार, या मुन्तला, काक्रो, स्याउ, अदुवा, चुकन्दर, गाजरको २ वटा स्लाइस, पुदिनाको मुन्टा र तुलसीलाई सिसाको बोटल, जग, जार या डिस्पेन्सरमा राख्ने। यसरी सम्पुर्ण सामाग्री राम्ररी सफा पानीमा पखालेर बेलुका मिक्स गरेर राख्ने अनि बिहान खालि पेटमा छानेर पिउने गर्दा उत्तम मानिन्छ ।
डिटक्स वाटर पिउनुका फाइदाहरु
ताजा फलफूल,तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पुर्ण रुपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरु पनि पुष्टि भएका छन्। शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो। तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न पनि यो खालको पानीले धेरै मद्दत पुर्याउँछ। यसले अनुहारको चमकमा समेत परिवर्तन ल्याउँछ।