चितवन, असार ३२
प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नारायणी अनलाइनका पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहको निर्देशनमा त्यहाँका कर्मचारीहरुले हातपात र दुर्व्यवहार गरेको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले भर्त्सना गरेको छ ।
चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहलाई विभागीय कारबाहीको लागि जोडदार माग गरेका छन् ।
उनले विज्ञप्तिमार्फत संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकबाट वञ्चित नगर्न÷नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
हिजो भरतपुरमा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालयभित्र भोज चलिरहेको सूचनाको आधारमा सूचना संकलन गर्न पुगेका पत्रकार आचार्यमाथि मदिराले मातिएका कर्मचारीहरुले हातपात गर्दै उनको साथमा रहेको दुईवटा मोबाइलसमेत खोसेर लगेका छन् ।