चितवन, असार ३२ –
पत्रकार कृष्ण आचार्यमाथि भएको साङघातिक आक्रमणको नेपाल पत्रकार महासंघ चितवनले भर्त्सना गरेको छ ।
महासंघका सचिव दीपेन्द्र अधिकारीले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् । नारायणी अनलाइन र सञ्चारपत्र दैनिकका संचालक पत्रकार आचार्यमाथि शुक्रबार नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्माचारीले साङघातिक आक्रमण गरेका थिए ।
“कार्यालयको मूल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई उहाँको मोवाइलसमेत कब्जामा लिएर लछारपछार एवं कुटपिट गरिएको घटना अक्षम्य हो ।” विज्ञप्तिमा भनिएको छ “कार्यालयभित्र कर्मचारीहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलनका लागि जाँदा पत्रकार आचार्यमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं ।”
महासंघले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न पनि माग गरेको छ । प्रेस चौतारी चितवन शाखाका उपाध्यक्ष आचार्यलाई विद्युत कार्यालय परिसरमै कुटपिट भएको थियो ।