– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार २४ –
त्रिवि दिवसको अवसरमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको छ ।
कलेज प्रशासनको आयोजनामा कलेज परिसरमा २०० बिरुवा रोपेर त्रिवि दिवस मनाइएको क्याम्पस प्रमुख दयाराम पौडेलले जानकारी दिए ।
कुल २०० वटा बिरुवा रोपिएको र त्यसमा धुपि, अम्बा, लिचि, कपुर, मेकाडिन नटलगायतका बिरुवाहरु रोपिएको पौडेलले बताए ।
त्रिभुवन विश्वविद्यालय स्थापनाको ६३ औं वर्ष भएको पूरा भएको अवसरमा क्याम्पसले खुुसीयाली मनाउँदै वृक्षारोपण गरेकोमा सम्पूर्ण विद्यार्थीहरु पनि खुसी रहेको विद्यार्थी प्रतिनिधि एवम् अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलले बताए ।
बिरुवालाई हुर्काउन र जोगाउन सम्पूर्ण विद्यार्थी संगठन, विद्यार्थीहरु र कर्मचारीहरु सबैको उत्तिकै भूमिका रहने भएकाले यसप्रति सबैको ध्यान जानुपर्छ ।
कार्यक्रममा प्राध्यापक संघका प्रतिनिधि, प्राध्यापकहरु, कर्मचारी र कर्मचारी संगठनका प्रतिनिधि, विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।