चितवन, असार २३ –
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।
कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।
प्रहरीले उपलब्ध गराएको घाइतेहरुको विवरण
१) जिल्ला चितवन कालिका न.पा.८ बस्ने वर्ष २१ की रोजिना श्रेष्ठ अवस्था मध्यम(आफ्नै घरमा बसेको अबस्थामा)
२)ऐ.ऐ.बस्ने वर्ष २० की रोशी श्रेष्ठ मध्यम
३)ऐ.ऐ. बस्ने वर्ष ३८ कि दिलकुमारी अधिकारी मध्यम
४) ऐ.ऐ.बस्ने वर्ष २५ कि सुस्मिता श्रेष्ठ सामान्य
५)ऐ.ऐ. बस्ने वर२१ कि राधिका मिजार सामान्य
६)ऐ.ऐ. बस्ने वर्ष १८ सिमा सुनार सामान्य
७) ऐ. ऐ. बस्ने वर्ष २३ कि कमला वि.क. सामान्य
८) ऐ.ऐ.बस्ने वर्ष २५ कि संगिता सुनार सामान
९) ऐ. ऐ. बस्ने वर्ष ३० कि अनिता तामाङ सामान्य
१०) ऐ.ऐ. बस्ने वर्ष ४३ कि अनु श्रेष्ठ सामान्य
११) ऐ. ऐ. बस्ने वर्ष ३५ कि कमला कामी सामान
१२) ऐ.ऐ. बस्ने वर्ष २० कि लक्ष्मी मिजार सामान्य
१३)ऐ.ऐ. बस्ने वर्ष ४५ कि चिनामांया सुनार सामान्य
१४) ऐ. ऐ. बस्ने वर १८ कि देवी बि.क. सामान्य