Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ७. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

चितवन,असार १५-

विकास गतिमा तीव्ररूपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाअध्यक्षहरू योजना लिएर प्रमुख समक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घ मध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्र फर्किन्छन् ।
गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पनि हो । महानगर प्रमुख माओवादीकै केन्द्रीय सदस्य रेनु दाहाल छिन् । निरन्तर विकास निर्माणमा लागिरहने दाहालको प्रयासकै कारण भरतपुरले विकासमा गति लिएको हो ।

त्यसो त भरतपुर महानगरपालिकाले प्रत्येक वर्ष पूर्वप्रधानमन्त्री, मुख्यमन्त्री, सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशक, राष्ट्रिय योजना आयोगलगायतका विकाससँग सम्बन्धित व्यक्तित्वलाई ल्याएर छलफल गर्ने गरेको छ । छलफलमा विगत वर्षका समीक्षा गर्दै आगामी वर्षका योजना र जनभावनाको समेत कदर हुने गरेको छ । विकास सरोकार राख्ने निकायका जिम्मेवार व्यक्ति बजेट दिन हिच्किचाउँदैनन् ।

पर्याप्त बजेट ल्याउने र त्यसलाई समुचित बाँडफाँट र सदुपयोग गरेकै कारण प्रत्येक वर्ष भरतपुर आउने बजेट बढ्दै गएको छ । भरतपुर महानगरपालिका–२ का निवर्तमान अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटीका सदस्य पूर्णबहादुर श्रेष्ठ आफ्नो कार्यकालभरी महानगरमा लगेका योजना कुनै पनि नफर्किएको बताउछन् । उनले भने, “पाँचवर्षे कार्यकालमा वडामा झण्डै रु ४५ करोडको काम भएको छ ।”

महानगरले वडाका लागि विनियोजन गरेको वार्षिक रकम रु एक करोड पाँच लाखदेखि सुरु भएर पाँचौँ वर्ष पुग्दै गर्दा रु एक करोड ७० लाखसम्म पुगेको थियो । यद्यपि यसबाहेक उपयुक्त योजना वडाबाट लगेपछि फिर्ता हुन नपरेको श्रेष्ठको भनाइ छ ।

भरतपुर महानगरपालिका–८ का निवर्तमान अध्यक्ष एवं जिल्लाका कांग्रेस नेता दामोदर न्यौपानेले वडाबाट निर्णय भएर गएका सबै योजना प्रमुख दाहालले सदर गरेर बजेट निकासा गराएको बताए। उनले भने, “हाम्रो वडामा मात्रै पछिल्लो एक वर्षमा रु २० करोडभन्दा बढीको काम भएको छ ।”

वडा नं २२ का अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)का महानगर अध्यक्ष विष्णुराज महतो दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका छन् । उनको भनाइमा वडाध्यक्षका धेरै चाहना हुने भए पनि अधिकांशजसो सम्बोधन गर्ने काममा दाहाल सकारात्मक छिन् । महानगरको बजेटभन्दा प्रदेश र सङ्घबाट धेरै बजेट ल्याएर वडामा विकासका काम भएको महतोको भनाइ छ । पटिहानी क्षेत्रमा पर्ने उक्त वडामा सडक, खेलकुदसँगै पर्यटन क्षेत्रमा धेरै विकास निर्माण भएका छन् ।

महानगर प्रमुख दाहाल आफ्नो अघिल्लो कार्यकालमा वडाध्यक्षले ल्याएका कुनै योजना फिर्ता गर्नु नपरेको बताउछिन् । केही वडाध्यक्षले योजना नल्याएपछि आफैँले फोन गरेर योजना ल्याउन लगाएर काम गरेको उनको भनाइ छ ।

महानगरभित्रका सडकसँगै भौतिक पूर्वाधारको अवस्था जो–कोहीले पनि देख्न सक्ने उनले बताइन् । कोही एक व्यक्तिले महत्वपूर्ण आयोजना लिएर आउँदासमेत आफूले सम्बोधन गर्ने गरेको दाहाल बताउछिन् । आफ्नो दोस्रो कार्यकालमा सर्वाधिक मतका साथ विजयी हुनुको प्रमुख कारण विकास निर्माण भएको उनको बुझाइ छ । दाहालले आफ्नो पाँच वर्षको अवधिमा महानगरबाट रु २० अर्बभन्दा बढीको काम गर्दैगर्दा प्रदेश र सङ्घबाट रु ४५ अर्बभन्दा बढी बजेट ल्याउन सफल भएको बताइन् ।

 

Chitwan Aaja चितवन आज
बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

ताजा समाचार

सबै

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.