Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

झापा,असार १४, २०७९

भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन ।

चार दशकअघि जङ्गल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षिणको कचनकबल र पश्चिमको दमकसम्म फैलिइसकेको छ । मानवीय र धनमाल क्षतिको ग्राफ पनि उकालिँदै गएको छ ।
वन डिभिजन कार्यालयका अनुसार अहिले जिल्लाको गौरादहबाहेक १४ पालिकामा मानव–हात्ती द्वन्द्वको समस्या छ । मेचीनगर, हल्दिबारी, भद्रपुर, कनकाई, अर्जुनधारा, बुद्धशान्ति र कचनकबलमा पनि यो समस्या विकराल बनिसकेको छ । विगत १० वर्षमै हात्तीको आक्रमणबाट झापामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्नबाली र धनमालको क्षति करोडबाट अरबको अङ्कतिर बढ्दैछ । पछिल्लो दशकमा एक दर्जन हात्ती पनि मारिएका छन् ।

भारतको आसामसम्म विचरण गर्ने जङ्गली हात्ती पश्चिम बङ्गालको सुकुना जङ्गलबाट मेची नदी तरेर नेपालको बाहुनडाँगी पस्ने गरेका छन् । यसरी नेपाल पस्ने हात्तीको सङ्ख्या १०० को बथानसम्म हुने गरेको छ । नेपालतिर अन्नबाली पाक्ने बेलामा लस्कर लागेर आउने हात्ती केही महिनापछि भारततिरै फर्किने गरेका छन् । स्थानीयवासी यी हात्तीलाई ‘भारतीय’ भन्ने गर्छन् ।

सात वर्षपछि बल्झियो समस्या

हात्तीले भयावह क्षति पु¥याउन थालेपछि सबैभन्दा प्रभावकारी नियन्त्रण प्रयासस्वरुप विसं २०७२ मा बाहुनडाँगीस्थित हात्ती छिर्ने मेची नदीको १८ किलोमिटर तटमा विद्युतीय तारबार निर्माण भयो ।
विसं २०७३ मा उद्घाटन भएयता छ वर्षसम्म भारतबाट हात्तीको प्रवेश ठप्पजस्तै भयो । त्यस अवधिमा झापामा रैथाने १३ वटा हात्तीले मात्र समस्या सिर्जना गरिरहे । भारतबाट सयौँको ताँती आउने क्रम रोकिएको थियो तर विगत वर्षदेखि विद्युतीय तारबार नाघेर भारतीय हात्तीको बथान नेपाल छिर्न थालेको छ । अझ पाँच महिनायता त सयौँको ताँती नै बाहुनडाँगीमा पसेको पुष्टि भएको छ । सात वर्षपछि भारतबाट हात्तीको हुल प्रवेश गरेपछि जिल्लावासीमा मानव–हात्ती द्वन्द्वको पुरानै हिंसात्मक घाउ बल्झिने त्रास फैलिएको बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष नीलकण्ठ तिवारीले बताए ।

“स्थानीय वनभित्र आश्रित रैथाने केही हात्तीले नै जिल्लामा ठूलो धनजनको क्षति पु¥याइरहेको अवस्था छ”, उनले भने, “भारतबाट सयदेखि डेढ सयको सङ्ख्यामा आउने हात्तीलाई रोक्न सकिएन भने समस्या पहिलेकै जस्तो भयावह हुनेछ । दीर्घकालीन समस्या समाधानको उपाय भनेको तारबार मात्र हो ।” इलामको रोङ गाउँपालिकाको तिरिङबाट झापाको मेचीनगरको नकलबन्दासम्म मेची नदीको किनारै किनार १८ किलोमिटर लामो विद्युतीय तारबार प्रकृति संरक्षण कोषमार्फत आएको रु एक करोड २० लाख बजेटबाट निर्माण भएको हो । जसमा २५ वटा गौडामा प्रवेशद्वार निर्माण गरिएका छन् भने रेखदेखका लागि मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिमार्फत १२ जना कर्मचारी खटिने गरेको समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले बताए ।

बाह्र प्राविधिकमध्ये १० जनालाई रु पाँच हजारका दरले र दुई जनालाई रु १० हजारका दरले मासिक पारिश्रमिक दिएर काममा लगाइरहेको उनले जानकारी दिए । अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीको तलब र मर्मतका लागि चालु आर्थिक वर्षमा मेचीनगर नगरपालिकाले १० लाख दिएको अध्यक्ष उप्रेतीको भनाइ छ । पछिल्लो समय बाहुनडाँगीमा हात्ती आतङ्कले भयाभव अवस्था सिर्जना गरेका कारण नियन्त्रणका लागि समितिलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारको समेत सहयोग रहँदै आएको उनले बताए ।

सीमा नजिकै निर्माण गरिएको तारको घेराबेरामा विद्युत् प्रवाह गरिएका कारण हात्तीलाई सीमामै छेक्न सजिलो भएको थियो तर घेराबेरा पुरानो हुँदै गएको, त्यसमा विद्युत् प्रवाह गर्ने ब्याट्री हराएको, घेराबेरा भत्किएको आदि कारणबाट हाल सजिलैसँग हात्ती भारततिरबाट नेपाल प्रवेश गर्न थालेको स्थानीयवासीको गुनासो छ ।“विद्युतीय घेराबेरा पनि बेलाबेलामा मर्मतसम्भार हुनुपर्छ, ब्याट्री फेर्नुपर्छ”, स्थानीयवासी भन्छन्, “तर सरोकारवाला यसतर्फ गम्भीर भएको पाइएको छैन ।” राजनीतिक दलहरुले समिति गठनमा सक्रियता देखाउने र काममा चाहिँ बेवास्ता दर्शाउने गरेको उनीहरुको आरोप छ ।

बाहुनडाँगीको २५ वटा गौडाको प्रवेशद्वारमध्ये आधा जति जीर्ण भइसकेको छ । रातभर विद्युत् प्रवाह गरिने सो घेराबेरा छिचोलेर मेची नदी ओहोरदोहोर गर्नेहरूले प्रवेशद्वार खोल्ने र बन्द गर्ने गर्दै आएका छन् । जसका कारण तार टुटफुट भएर विद्युत्को प्रवाहमै असर परेको छ । जनावरमध्ये बुद्धिमानी मानिने हात्तीले पनि लामो अवधिमा विद्युतीय घेराबेरा नाघेर जाने तरिका सिकिसकेको छ । ढुङ्गा, गिट्टी र अन्य वस्तुको तस्करी गर्नेले भत्काएको प्रवेशद्वारबाटै हात्तीहरू नेपाल पस्ने गरेका छन् भने कतिपय बयस्क हात्तीले रुखका हाँगा र पैतालाले किचेर सुरक्षित तरिकाले तारबार नाघेर जाने गरेको स्थानीयवासी बताउँछन् ।

नहरसहितको तटबन्ध बनाउने प्रस्ताव

विद्युतीय घेराबेराले समेत नछेकेपछि हात्तीलाई भारतबाट छिर्नै नदिने नयाँ उपायको रूपमा मेची नदी तटमा नहरसहितको तटबन्ध बनाउनुपर्ने प्रस्ताव अघि सारिएको छ । सात वर्षपछि फेरि हात्तीको उपद्रो सुरु भएकामा चिन्तित झापा क्षेत्र नं १ का संघीय सांसद राम कार्कीले भारतबाट हात्ती प्रवेश रोक्नका लागि मेची किनारमा सिद्धी नहरसहितको आधुनिक तटबन्ध बनाउनुपर्ने प्रस्ताव गरेका छन् । सिद्धी नहर झापाको ठूला सिँचाइ परियोजनामध्ये एक हो । यसमा नेपाल सरकारले रु ४४ करोड लगानी गरिसकेको छ ।

“एक दर्जनजति उपाय गरिसक्दा हात्तीको प्रवेश रोक्न समर्थ नभएको अनुभवका आधारमा अब सिद्धी नहरलाई मेची नदीको किनारै किनार तटबन्ध बनाएर ल्याउनुपर्छ”, सांसद कार्कीले भने, “यसो गर्न सकियो भने एकातिर हात्तीको प्रवेश रोकिन्छ र अर्कातिर बाहुनडाँगीमा सिद्धी नहरको पानी निर्वाध ल्याउन सकिन्छ ।”मेची नदीमा तटबन्ध बनाउने प्रक्रिया नेपाल सरकारले नै जनताको तटबन्ध परियोजनामार्फत सुरु गरिसकेको छ तर उत्तरतिरबाट केही किलोमिटर निर्माण भएपछि सरकारले चालु आवदेखि काम रोकेको छ । सांसद कार्कीले मन्त्रालयस्तरबाट हाल स्वदेशी लगानीको तटबन्ध निर्माण रोकिएको जानकारी पाएको बताए । अब भारत सरकारको सहयोग लिइने हो भने इलामको रोङ–६ अम्बेडाँडाबाट सुरु हुने २२ किलोमिटर लामो सिद्धी नहरलाई मेचीको किनारै किनार बलियो तटबन्धसँगै बाहुनडाँगीमा ल्याउनुपर्ने उनको प्रस्ताव छ ।

अकरिलो पहाडी भिरबाट ल्याइएको हालको सिद्धी नहर हरेक वर्षायाममा पहिरोले क्षतिग्रस्त हुने गरेको छ । सीमामा आधुनिक तटबन्ध बनाइने हो भने नहर र सडक दुवै सञ्चालन गर्न सकिने सांसद कार्कीले बताए । यसका लागि नेपाल सरकार र सरोकारवालासँग परामर्श भइरहेको उनको भनाइ छ । भारतबाट हात्तीको प्रवेश सीमामै रोक्न विगत दुई दशकमा मचान (टुङ) घर निर्माण, हात्तीबार रोपण, सुरुङबार निर्माण, पटाका गस्ती अभियानलगायत अनेक उपाय गरिएको भए पनि अपेक्षित सफलता मिलेको छैन । पछिल्लो सात वर्षयता भने विद्युतीय घेराबारले हात्ती आउने क्रम रोकिएको थियो ।

घेराबारको संरक्षण नभएको आरोप

डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले विद्युतीय घेराबार हात्ती छेक्ने प्रभावकारी उपाय भए पनि स्थानीयवासीले घेराबारको उचित संरक्षणमा ध्यान नदिएको आरोप लगाए । “घेराबार भएको स्थान भत्काएर मान्छेहरूले ढुङ्गा, बालुवा ओसारिरहेका छन्, कतिपय स्थानमा घाँस र झाडी बढेर तारको बेरा छोपिसकेको छ”, उनले भने, “स्थानीय समिति र स्थानीय पालिकाले राम्रो हेरचाह नगर्दा घेराबार नै काम नलाग्ने अवस्थामा पुगेको हो । घेराबार नै बेकामे भएको भने होइन ।”

कार्यलय प्रमुख मास्केको भनाइमा सत्यता छ, किनभने मेची नदीको ढुङ्गा र बालुवाको दोहन गर्नेहरूले जथाभावीरूपमा विद्युतीय तारको घेराबारमा क्षति पु¥याएका हुन् । त्यस्ता गतिबिधिबाट घेराबारलाई जोगाउन मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिले प्रभावकारी कदम चाल्न सकेको छैन । अर्कातिर सीमामा तस्करी धन्धा चलाउनेहरूले पनि घेराबार भत्काउने गरेका छन् ।

विद्युतीय तार राखिएको क्षेत्रमा ढुङ्गा, गिट्टी ओसार्ने ट्र्याक्टर र ट्रकको ओहोरदोहोर रोकिनुपर्ने उहाँको सुझाव छ । घेराबारको मर्मतसम्भार र घाँस कटानका लागि स्थानीय समितिलाई चालु आर्थिक वर्षमा चार लाख बजेट वन कार्यालयले पठाएको छ । मेचीनगर नगरपालिकाले घेराबारको रेखदेखका लागि परिचालित १७ कर्मचारीका लागि बर्सेनि अनुदान प्रदान गर्दै आएको छ । स्थानीय समितिमार्फत खर्च हुने गरी मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि सरकारले रु ३० लाखको कोष स्थापना गरिदिएको र त्यसको ब्याजबाट कर्मचारी एवं मर्मत खर्च चलाउन पाइने व्यवस्था गरिदिएको कार्यालय प्रमुख मास्केले बताए । हाल विभिन्न ठाउँमा विद्युतीय तार चुडिएको वा बिग्रिएको भए प्रकृति संरक्षण कोषबाट ल्याएर मर्मत गर्न सकिने उनको सुझाव छ । – रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

ताजा समाचार

सबै

इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.