×
बुधबार, भदौ ११, २०८२
☰
बुधबार, भदौ ११, २०८२

    भर्खरै

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. चितवनबाट दिदीबहिनी बेपत्ता

    • ३. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ४. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ५. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ६. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ७. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ८. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • ९. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • १०. आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    धानको बीमा गर्दै चितवनका किसान

    चितवन, असार १४ –
    जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् ।

    पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न सुरु गरेका छन् । कुमरोज र बछौलीमा रहेका साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न लागेका हुन् । कुमरोजका व्यवस्थापक हेम कार्कीले अहिलेसम्म २०० भन्दा बढी किसानको धानको बीमा गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो,“चार सय बिघा जमिनको धानको बीमाका लागि बीमा कम्पनीमा निवेदन पठाइसकेका छौँ ।” अझै किसानको आवेदन आउने क्रम जारी रहेको बताउँदै व्यवस्थापक कार्कीले यो सङ्ख्या बढ्ने अनुमान गर्नुभयो । कुमरोजका किसानको धानको बीमाको प्रिमिय रकम तत्कालका लागि सहकारीले तिर्नेछ । पछि सहकारीले खैरहनी नगरपालिकासँग माग दाबी गरी लिने छ । उहाँले भन्नुभयो “यसो गर्दा किसानलाई भार पर्दैन ।” बीमाका लागि सरकारबाट स्वीकृत धान वा स्थानीय जात हुनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

    नेक ब्लाष्ट (घाँटी मरुवा), गवारो, असिनापानी, फौजी कीरा, बाढीपहिरोजस्ता कारणले धानबालीमा हुने क्षति न्यूनीकरणका लागि बीमा गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै बछौलीका व्यवस्थापक रामहरि दाहालले रत्ननगर नगरपालिका–३ देखि ९ सम्मका सातवटा वडाका किसानको धानको बीमा गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा रहेका तीन हजार ५०० किसानको धानको बीमा गर्न लागिएको छ । यस क्षेत्रको नौ हजार बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा बीमा गर्न लागिएको हो । पालिकासँगको सहकार्यमा शिखर इन्सुरेन्ससँग बीमा गर्न लागिएको व्यवस्थापक दाहाले बताउनुभयो ।

    उहाँले भन्नुभयो “धान खेती गर्ने किसानले हरेक वर्ष कुनै न कुनै समस्या झेल्नु परेपछि धानको बीमा गर्न लागेका हौँ ।”भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीककरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले धान खेतीमा हुने क्षति न्यूनीकरणका लागि बीमा गर्न किसानलाई प्रोत्साहन गरिएको बताउनुभयो । यसले गर्दा राज्य र किसान दुबैलाई फाइदा हुने उहाँको भनाइ थियो । नेपाल सरकारले बीमा रकममा नै ८० प्रतिशत छुट दिने गर्दछ । बाँकी २० प्रतिशत रकम रत्ननगर र खैरहनी नगरपालिकाले बेहोर्ने निर्णय गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । सुरुमा किसानले तिरेको २० प्रतिशत रकम नगरपालिकाले पछि व्यहोर्ने गरी निर्णय गरिएको हो । – रासस

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन
      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि
      भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

      ताजा समाचार

      सबै

      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

      भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

      संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

      चितवनबाट दिदीबहिनी बेपत्ता

      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

      मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

      दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        चितवनबाट दिदीबहिनी बेपत्ता

      • ३.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ४.
        दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      • ५.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      • ६.
        हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.