Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष २८, २०८२
☰
Logo सोमबार, पुष २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ८. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ९. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

  • १०. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

मस्तिष्काघात : ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

काठमाडौं,असार १३-

मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै उनीहरुले अगामी दिनमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा पर्दै गएको मस्तिष्क र नसा रोग न्यूनीकरण गर्न सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।हस्पिटलद्वारा निरन्तर चिकित्सा शिक्षा शृङ्खला अन्तर्गत ‘बृहत्तर मस्तिष्क शिक्षा’ विषयक आयोजित प्रवचन कार्यक्रममा सहभागी वरिष्ठ भारतीय नसारोग विशेषज्ञले गुणस्तरीय मस्तिष्क उपचार सेवा विस्तार गर्न तथा यसका बारेमा समुदायलाई जानकारी गराउन सरकारलाई सुझाव दिए । उनीहरुले मस्तिष्काघात हुनेबित्तिकै जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्न सकिएमा पूर्ववत् अवस्थामा फर्किने सम्भावना उच्च हुने र ‘प्यारालाइसिल’ हुनबाट जोगिन सकिने औँल्याए । कार्यक्रममा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीका डा शैलेश गैकवडा, मेदान्तका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा गौरव गोयल, एपोलो हस्पिटलका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा निश्चिट जैनले अलग अलग कार्यपत्र प्रस्तुत गर्दै मस्तिष्काघातका समयमा उपचारमा ल्याउन सकिएमा अपाङ्ग हुनबाट जोगाउन सकिने जनाउँदै यस्ता उपचार सेवा विस्तार गर्न आवश्यक रहेकामा जोड दिए ।

उनीहरुले भने, “उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा उपलब्ध सेवा र प्रविधि विश्वगुणस्तरका छन् । मस्तिष्क र नसाको उपचार गर्ने चिकित्सकीय विधि प्रायः समान छन् ।” कार्यक्रममा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.सुबास फुयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा सुरुआत गरेको जानकारी दिए ।
यसैगरी नसारोग विशेषज्ञ डा.एञ्जिलमणि सिंह महर्जनले मस्तिष्काघात हुने समस्या दिनानुदिन वृद्धि हुँदै गएको जनाउँदै यसको न्यूनीकरणका लागि उपचार सेवा विस्तार र जनचेतना जगाउन आवश्यक भएकामा जोड दिए ।

यसैगरी हस्पिटलका नसारोग विशेष डा.शिखर श्रेष्ठले पक्षघातजस्तो आपत्कालीन स्वास्थ्य समस्यालाई सम्बोधन गर्न विशेष प्रविधि र जनशक्तिमा राज्यले लगानी बढाउनुपर्छ भने । कार्यक्रममा हस्पिटलका वरिष्ठ नसारोग विशेषज्ञ डा. सौरव लामिछानेले मस्तिष्काघातको नेपालको अवस्थाका बारेमा जानकारी दिएका थिए । हस्पिटलका कार्यकारी अध्यक्ष प्राडा मधुदीक्षित देवकोटाले आगामी दिनमा निरन्तर चिकित्सा शिक्षा शृङ्खला जारी रहने जानकारी दिए ।

‘बाइ प्लेन क्याथल्याब’ ः ‘न्युरो इन्टरभेन्सन’ मा वरदान
नेपालमा पहिलोपटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले सुरआत गरेको ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा बिरामीका लागि वरदान सावित भएको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणसहित विशेषज्ञ चिकित्सकको सेवाबाट धेरैले अकालमा ज्यान जोगाएका छन् ।
इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.फुयालका अनुसार इन्डोभास्कुलर वा न्युरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसालाई ‘रिपेयर’ गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसाभित्र जमेको रगत थेग्लो निकालिन्छ । टाउको नखोलिकन नै मस्तिष्कभित्र गहिराईमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ ।
उनी अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्युरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक हुन् । उनले भने, “यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । उपचारमा जोखिमसमेत धेरै कम हुन्छ । मस्तिष्कको समस्याजस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसासम्बन्धि समस्यामा न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ ।”

नसारोग विशेष डा.श्रेष्ठका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ‘ब्रेन हेमोरेज’ भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ । यसलाई ‘क्वाइलिङ’ भनिन्छ । यस्ता बिरामीलाई साधारणतया पाँच–सात दिनभित्र घर पठाउन सकिन्छ । उनले भने, “तार (क्याथेटर) को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म सघन उपचार कक्ष (आइसियु) मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।”

हालसम्म चार सयभन्दा वढी बिरामीले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथल्याबमार्फत मस्तिष्कभित्रको रक्तनलीसम्बन्धी रोगजस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छाको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिकरुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । हस्पिटलका कार्यकारी अध्यक्ष प्राडा देवकोटाले भने, “जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी, मद्यपान र धूमपानको बानीले गर्दा रगतमा तैलीय पदार्थको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ । यसले उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ ।”

अस्पतालले दुई वर्ष अगाडि नै मस्तिष्काघात उपचार सेवाका लागि नै पहिलोपटक विश्वस्तरीय आइसियु सञ्चालनमा ल्याएको थियो । नसारोग विशेषज्ञ डा.महर्जनका अनुसार मस्तिष्कमा अर्बौं कोशिका हुन्छन् । मस्तिष्कघात भई रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोषिका मर्दछन् । यसैले मस्तिष्कघातलाई आपतकालीन स्वास्थ्य समस्या भनिन्छ । मस्तिष्कघात भएका बिरामीको उपचार विगतमा ‘थ्रोम्बोलाइसिस’मा सीमित थियो ।

उनले भने, “न्युरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्ने गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याएमा उपचार सेवा बढी प्रभावकारी हुन्छ तर अहिले सो पद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पुर्याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सकिन्छ ।”
के हो मस्तिष्काघात ?

मस्तिष्क शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यसलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ । यो रक्त नलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ । मस्तिष्कको रक्तनलीमा अवरोध भए वा फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ति कम भई स्नायु कोषिकामा तत्काल क्षति पुग्छ । यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ । यसले स्नायु र स्नायुतन्तुमा स्थायी क्षति पुर्याइ अकालमा ज्यानसमेत जान सक्छ र बाँच पनि विकलाङ भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ । पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्काघात रहेको जनाइएको छ । सन् २००९ देखि २०१९ का बीचमा मस्तिष्काघात हुने समस्या ४० प्रतिशतले वृद्धि भएको एक अध्ययनले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मस्तिष्काघातबाट बर्सेनि कतिजनाले अकालमा मृत्यु गर्दछन् भन्ने तथ्याङ्क नै छैन ।

मस्तिष्काघातका लक्षण
चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुनसक्छ । ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘वि फास्ट’ अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लर्बराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पुर्याउनु) नामकरण गरेका छन् ।

मस्तिष्काघात कसलाई हुनसक्छ ?

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका, धूमपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टोर भएका, तनावपूर्ण जीवनशैली जिउने व्यक्ति, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ ।

चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमले हुनसक्छ । एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्को मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनी फुटेर । मस्तिष्काघात भएका अवस्थामा बन्द भएको नली खुलाउन औषधि र रक्तनलीभित्र शल्यक्रिया गरी दुई किसिमबाट उपचार हुने जनाइएको छ ।

 

Chitwan Aaja चितवन आज
सोमबार, असार १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज देशभरको मौसम मुख्यतया सफा रहने
चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा
गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

ताजा समाचार

सबै

आज देशभरको मौसम मुख्यतया सफा रहने

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

कांग्रेस विशेष महाधिवेशन सुरु

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.