चितवन, चैत्र १० –
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आयोजनामा भरतपुरको चौविसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीले नवौ बार्षिकउत्सबको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक केशवराज बरालले जानकारी दिनुभयो ।
कार्यक्रममा कम्पनीका विमित, अभिकर्ता, कर्मचारी लगायत सर्वसाधारणहरूले समेत स्वतस्फूर्त रूपमा रक्तदान गरेका थिए ।
भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् वडा न. १० अध्यक्ष परमेश्वर खनालको प्रमुख उपस्थिति रहेको कार्यक्रममा ब्लड डोनर सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका मार्केटिङ अफिसर प्रदिप पराजुलीले बताउनुभयो ।
कम्पनीले बार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमको आयोजना गरेको एरिया मेनेजर ईशा प्रधानले बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै कम्पनीले समयसमयमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।









