सर्लाही,फागुन ३० –
सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ ।
शनिबार दिउँसो सर्लाहीको नवलपुरमा दलित अधिकारकर्मी तथा स्थानीय बासिन्दाले र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले इनिसा विकलाई न्याय दिन, दोषीलाई तत्काल कडा कारबाही गर्न तथा भविष्यमा यस्ता जघन्य घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले इनिसालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।








