चितवन, फागुन २९ –
श्री शिरडी साईबाबा मन्दिर भरतपुर– ५, नारायणपुरले आफ्नो ३३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
विहिबार बिहान मन्दिरमा वार्षिक पुजा, दिउँसो प्रवचन कार्यक्रम र विभिन्न संघसंस्थालाई सहयोग गरी वार्षिकोत्सव मनाइएको हो ।
प्रवचनकर्ताको रुपमा ब्रम्हकुमारी राज योगका श्री विजय भाईजीको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवका अवसरमा डा. सुन्दरमणि दीक्षितले कौडीन्य आश्रम देवघाट, शहिद स्मृति मावि पारसनगर, चितवन मानवसेवा आश्रम, जनजाती उत्थान संरक्षक र सिद्धी चेपाङ् छात्रावासलाई नगद र जेन्सी सहयोग गरेका छन् ।








