जनकपुरधाम, माघ ११-
नेपाली कांग्रेसका सभापति गगन थापा जनकपुर जाने कार्यक्रम रद्द भएको छ । जनकपुरधाममा हुने भनिएको नेपाली कांग्रेसको सभा रद्द भएपछि सभापति थापा जनकपुर जाने कार्यक्रम पनि रद्द भएको हो ।
निर्वाचन आयोगले आचारसंहिता लागु भइसकेको अवस्थामा सभाका निम्ति अनुमति नदिएपछि कार्यक्रम रद्द गरिएको जनाइएको छ । कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा विशाल सभा गर्ने तयारी गरेको थियो । उक्त सभामा सभापति थापाले विशेष सम्बोधन गरेर राष्ट्रिय रूपमा निर्वाचन प्रचारप्रसार थाल्ने कांग्रेसको तयारी थियो ।
आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगन गरिएको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।







