राप्ती, माघ ८-
पुर्वी चितवनको राप्ती-५,भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ ।
बुधबार भएको सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन।
जस अन्तर्गत,हाल सो वन समुहको उपाध्यक्षमा आइतिमाया तामाङ,कोषाध्यक्षमा शान्ति कुँवर थापा,सह- सचीवमा अमृत गौतम रहेका छन । त्यसैगरी,सदस्यहरुमा भगवती तामाङ,पार्बती पान्डे, बिनिता बिक,सम्झना घलान,संगिता बिक,रबिन्द्र खड्का,राजकुमार चौधरी,तेज प्रसाद रुवाली र भाईकाजी थापा रहेका छन भने सचिव पद रिक्त रहेको छ।
निवर्तमान अध्यक्ष नरेन्द्र रुवालि लामो समयका लागी वैदेशिक भ्रमणमा जाने कार्यक्रम तय भएको हुँदा ५ वर्षे कार्यकालमा अझै २ वर्ष बाँकी रहेको समयमा पद बाट राजिनामा दिएकाले संस्थाका सचिव घलानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो।
नवनिर्वाचित अध्यक्ष घलान राप्ती नगरका उदयमान युवा नेताका रूपमा परिचित छन्। उनी विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन ।
वि.सं २०५२ सालबाट सेवा प्रवाह सुरु गरेको यस वन २९७.७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
सो वन समुहमा हाल ९२० घर धुरी उपभोक्ता संख्या रहेको नवनिर्वाचित अध्यक्ष घलानले जानकारी दिए ।
नेतृत्व परिवर्तनसँगै समूहको आगामी कार्ययोजना, वन संरक्षण, उपभोक्ता हित तथा सामुदायिक विकासबारे समेत विस्तृत छलफल भएको उनले बताए।
राप्ती-५ का वडा अध्यक्ष सिताराम बल प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र रुवालिको अध्यक्षता रहेको थियो।
त्यस्तै,सो कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरु, समुहका उपभोक्ताहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो।






