काठमाडौं, पुस २७-
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् ।
उनले कांग्रेसमा नबोल भनेर कसैले भन्दैगर्दा बोल्न छाड्ने कोही पनि पार्टीमा नभएको थापाको भनाइ छ ।
‘कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन ।
हामी सबै बराबर छौं,’ थापाले भने ।
साथै, उनले थ पभने, ‘यहाँ प्रश्न छन् । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन ।
जसले प्रश्न गर्न सकदैन उसले उत्तर पनि खोज्न सक्दैन । तपाईंहरूको प्रयसाले कांग्रेसलाई ज्यूँदो राखेको छ ।’
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






