Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, पुष २६, २०८२
☰
Logo शनिबार, पुष २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ३. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ६. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ७. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी, पुस २५-
पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका कलाका माध्यमबाट पछिल्ला समयमा भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै नेपालको बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गरिएको हो ।

सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा राखिएका कलामार्फत नेपाली प्रकृति र संस्कृतिको उजागर गर्न खोजिएको छ नै बढ्दै गएको जलवायु परिवर्तन तथा युवा पलायन जस्ता कुरालाई जीवन्त चित्रण गर्न खोजिएको छ ।

जलवायु परिवर्तनको असरलाई कलामार्फत प्रस्तुत गर्दै कलाकार रिक गुरुङले बढ्दै गएको तापमानका कारण पृथ्वी आकुलव्याकुल भएको र यसबाट बचाउनका लागि शङ्खघोष गर्न खोजेको दृश्य देखाइएको छ ।

त्यस्तै गुरुङले प्रदर्शनीमा राख्नुुभएको अर्को कलाले नेपाली मौलिक संस्कृतिलाई जीवन्त रुपमा प्रस्तुत गर्न खोजेको छ । नेपाली परम्परागत घुमाउने घरसहितको परिवेशमा परम्परागत पोसाकमा सजिएका व्यक्ति मादल बजाउँदै नाच्दै गरेको दृश्यलाई कलामा उहाँले समेट्नुुभएको छ ।

प्रदर्शनीमा नै राखिएको कलाकार बुद्धि गुरुङको माछापुच्छ«े हिमालको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याएको छ । प्रदर्शनीमा नै राखिएको कलाकार बाबुराम बस्ताकोटीको कलाले नेपाली समाजको बढ्दो युवा पलायनलाई चित्रण गर्न खोजेको छ । युवा जनशक्ति पलायन भएका अवस्थामा एउटा सानो बालकले खेतमा गोरु जोत्न खोजेको तर उ, आफैँ के गरौँ कसो गरौँ जस्तो भएर अलमलिएको जस्तो दृश्य प्रस्तुत गरिएको छ । युवाहरूको पलायनसँगै बढ्दो बसाइँसराइ समस्याका रुपमा गाँजिदै गएको कलामार्फत सन्देश दिन खोजिएको छ ।

बेलायतबाट आउनुभएकी कलाकार जुलिएत्ले रोछेले नेपाली आदिवासी महिलालाई कलामा उतार्नुुभएको छ । प्रदर्शनीमा उहाँसहित अन्य विदेशी कलाकारका कला राखिएका छन् । सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङका अनुसार प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा नेपाली ३३ र अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका गरी १५ विदेशी कलाकारले सहभागिता जनाउनुुभएको बताउँदै उहाँले कुल ७० कलाकृतिलाई प्रदर्शनीमा राखिएको जानकारी दिनुुभयो ।

विदेशी कलाकार स्वयम् उपस्थित भएर उनीहरूका कलाकृतिसमेत प्रदर्शनीमा राखिएको जनाउँदै उहाँले उनीहरूसँग नेपाली कलाकारले पनि सँगै साक्षात्कार गर्न पाउँदा त्यसले यहाँको कलाकारितालाई विश्वमाझ पु¥याउन र त्यहाँका अनुभव सिक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसले पोखराको कलाकारितालाई विश्वमाझ पु¥याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको जनाउँदै उहाँले त्यहाँबाट आउने कलाकारले यहाँका कलाकृति किन्ने भएकाले कलाकारलाई पनि आर्थिक रुपमा समेत फाइदा पुग्ने बताउनुुभयो । समूहकै आयोजनामा दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुने र उक्त प्रदर्शनीमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।

विदेशी कलाकारलाई नेपालमा ल्याउन विगत लामो समयदेखि संयोजन गरिरहनुभएका डिल्लीरत्न तुलाधरले उनीहरूबाट नेपाली कलाकारले अन्तरराष्ट्रियस्तरको कलाका सम्बन्धमा धेरै जान्न र बुझ्न सक्ने बताउनुुभयो । “नेपाली कलाकारलाई विदेशमा गएर त्यहाँको कलाबारे जान्न र बुझ्न आर्थिक रुपले पनि त्यति सहज छैन”, उहाँले भन्नुभयो, “विदेशका अनुभवलाई यहीँ बसेर जान्न र बुझ्न पनि यो कार्यक्रम फलदायी हुने मेरो विश्वास छ ।”

उहाँले विदेशी कलाकारले कला खरिद गरेर लैजाने भएकाले यहाँका कलाकारलाई पनि त्यसबाट आर्थिक रुपमा फाइदा पुग्ने बताउनुभयो । विदेशी कलाकारिताका क्षेत्रमा काम गर्ने पर्यटकहरू खर्चिला हुने भएका कारण पनि त्यसबाट यहाँको पर्यटनमा समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीका लागि विदेशी कलाकारको संयोजन गर्दै आउनुभएकी आयरल्यान्डकी कलाकार लोरा मर्फीले नेपाली कलाकारसँगै प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूहरु हर्षित बनेको धारणा राख्नुुभयो । पोखरा र आसपासका क्षेत्रका कलाकारलाई अन्तरराष्ट्रियस्तरका कलाकारसँग जोड्न आफूले पहल गर्दै आएको उहाँको भनाइ छ ।

प्रदर्शनीमा विदेशी कलाकारसँगै वरिष्ठ कलाकार बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, हरिराम जोजिजु, पदम घले, यावदचन्द्र भुर्तेललगायत पछिल्लो पुस्ताका कलाकारले समाजका विविधतालाई कलाका माध्यमबाट चित्रण गर्न खोजिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

“हाम्रा प्रकृति संस्कृतिसँगै समाजको विविधता एवम् वर्तमान यथार्थतालाई प्रदर्शनीमा राखिएका कलाले चित्रण गरेका छन्”, उहाँले भन्नुभयो, “स्वदेशी एवम् विदेशी कलाकारका कलालाई एकै ठाउँमा नियाल्नका लागि पनि यो प्रदर्शनी आफैँमा महत्वपूर्ण छ ।” रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?
माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

ताजा समाचार

सबै

देशमा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चुनावी अभियान चलाउन रास्वपाले माग्यो ३२१ कर्मचारी

युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका बीसवटा गोही प्रकृतिमा छाडियो

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्यः सञ्चारमन्त्री खरेल

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामरामा क्षति

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा भिडियो एक्सरे सेवा बन्द

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ३.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ६.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.