२३ पुस, काठमाडौं-
काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा भएको बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । दुर्घटनामा परेर ११ जना पुरुष र १६ जना महिला घाइते भएका छन् ।
दुर्घटनामा परेकामध्ये स्तुपा अस्पतालमा १, नेपाल मेडिकल कलेजमा १ र शंखरापुर अस्पतालमा १ जनाको मृत्यु भएको हो ।






