काठमाडौं, पुस २३
ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् ।
यसका लागि उनले अहिले ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।
घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए।
केही समययता आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी अघि बढाएका घिसिङले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए। एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भएका छन्।
उनको पार्टीबाट रास्वपाले १४ जनाको नाम समानुपातिक सूचीमा समेटेको छ।
घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपभापति भएपछि सरकार छाड्न दबाब बढेको थियो। गैरदलीय सरकारमा घिसिङको उपस्थितिले सरकार एउटा दलको भएको सन्देश गएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार छाडिदिन आग्रह गरेकी थिइन्।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






