काठमाडौँ , पुस २२ –
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको छ ।
सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको
नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।
यस्तै , मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






