काठमाडौं, पुस १२-
नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तामाथि छ महिनाअघि गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।
२०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएका, प्रस्तावक र समर्थक बसेका नेता-कार्यकर्तामाथि कांग्रेस अनुशासन समितिले गएको असारमा कारबाही गरेको थियो।
केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले ‘पार्टीभित्र बृहत् एकता कायम गर्न र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दीगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी’ कारबाही फुकुवा गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।






