Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष ०७, २०८२
☰
Logo सोमबार, पुष ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

लोकप्रिय समाचार

  • १. आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ३. आज बिहीबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ४. आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. आज कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

  • ६. आज सोमबार नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल

  • ७. थोक औषधि व्यवसायी संगठन नारायणगढमा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल

  • ८. नारायणी अञ्चलका लागि टोयोटा मोटरको आधिकारिक सब डिलर अटोवेज मात्रै हो : कम्पनी

  • ९. अर्बिट स्कुल विकाश चोकमा विज्ञान प्रदर्शनी

  • १०. भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

पाटन (ललितपुर), पुस ७ –
गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आजदेखि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवादलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले दुईदिने राष्ट्रिय संवादले नयाँ सिकाइ, नयाँ विचार र बलियो सहकार्यको आधार तयार गर्दै दीर्घकालीन रूपमा विपद्बाट हुने मानवीय तथा भौतिक क्षति घटाउने साझा लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल बहुप्रकोपीय विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील मुलुकको रूपमा रहेको छ । बाढीपहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर (लु), अत्यधिक गर्मी, शीतलहर, महामारीलगायत जल तथा मौसमजन्य विपद्हरूले हाम्रो देशमा हुने कूल विपद्को ठूलो हिस्सा ओगट्ने गरेका छन् । जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरू तीव्र र बारम्बार देखिन थालेका छन् । यी विपद्जन्य घटनाका कारण मुलुकले बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री अर्यालले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वासनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली, पूर्वसूचना जारी भएपछि तुरुन्तै सक्रिय हुने स्पष्ट कार्ययोजना र सङ्कटको बेला ढिलाइ नगरी काम र मद्दत गर्ने व्यवस्थित स्रोतसाधनले सहयोग पु¥याउने धारणा राख्नुभयो ।

“विपद्को सामना गर्ने सन्दर्भमा विज्ञान तथा प्रविधिको विकाससँगै आज हामी अधिकांश जल तथा मौसमजन्य विपद्का बारेमा पहिले अनुमान गर्नसक्ने अवस्थामा पुगेका छौँ । मौसम पूर्वानुमान, नदीको बहाव विश्लेषण, जोखिम नक्साङ्कन र प्रभावमा आधारित पूर्वसूचनाले हामीलाई विपद् आएपछि मात्र होइन, विपद् आउनुपूर्व काम गर्ने अवसर दिएको छ । यसै सन्दर्भमा नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सुरु गरिसकेको छ”, उहाँले भन्नुभयो ।

विपद् पूर्वकार्यलाई मजबुत, संस्थागत र व्यापक बनाउन नेपालले आफ्ना नीतिगत तथा कानुनी व्यवस्थमा स्पष्ट रूपमा समेट्दै आएको छ भन्दै गृहमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले सङ्घ, प्रदेश र स्थानीय तहमा बहुप्रकोप पूर्वसूचना प्रणाली सञ्चालन गर्ने जिम्मेवारी तोकेको जानकारी गराउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति र रणनीतिक कार्ययोजनाले बाढीपहिरो, खडेरी, चट्याङ, हावाहुरी, तातो हावाको लहर, शीतलहर, आगलागी, महामारीलगायत विपद्का कारण सिर्जना हुने जोखिमको नियमित अनुगमन, पूर्वतयारी र पूर्वकार्यमा जोड दिएको बताउनुभयो ।

“विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ ले पूर्वानुमानमा आधारित पूर्वकार्यलाई व्यवहारमा उतार्ने बलियो आधार दिएको छ, यस मापदण्डमा प्रभावमा आधारित पूर्वसूचना वा बुलेटिन जारी भएपछि प्रभावित हुनसक्ने क्षेत्र र परिवारको पहिचान गरी उच्च जोखिमको अग्रिम चेतावनी जारी गर्न सकिन्छ । साथै आवश्यक परे जोखिम तथा प्रभावका आधारमा नगद सहायता अगावै परिचालन गर्न सकिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री अर्यालले गत असोज र कात्तिकमा देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको अवस्थामा सरकारले समयमै गरेको पूर्वतयारी, सार्वजनिक यातायात अस्थायी रूपमा रोक्ने निर्णय तथा सङ्घ, प्रदेश र स्थानीय तहका सुरक्षा निकाय र अन्य सरोकार भएका निकायबीचको प्रभावकारी समन्वय, सहकार्य, सञ्चार र सहभागिताले जनधनको ठूलो क्षति हुनबाट जोगिन मद्दत गरेको उल्लेख गर्नुभयो । सही र समयमै गरिएको उक्त निर्णय तथा पूर्वकार्यले धेरैको ज्यान बचाउन सक्छ भन्ने स्पष्ट सन्देश दिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनीयर दिनेशप्रसाद भट्टले सुनामीबाहेक सबै विपद्का जोखिमबाट नेपाल प्रभावित रहेको जानकारी गराउँदै पूर्वतयारी गरेर प्रतिकार्यका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा ८० प्रतिशत विपद् जलवायुजन्य विपद्मा आधारित रहेको भन्दै उहाँले विपद्पछि खाद्यान्न सामग्री लिएर जानेभन्दा विपद्मा मानिस र भौतिक सम्पत्तिलाई जोगाउन लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तह सक्रिय हुँदा विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डेले पूर्वानुमानमा आधारित पूर्वकार्यले सिक्ने र जवाफदेहिता खोज्ने हुँदा प्रत्येक मनसुनसँगै विपद् प्रतिकार्य प्रणालीमा सुधार हुने धारणा राख्नुभयो । उहाँले पूर्वअनुमानमा आधारित प्रणालीले पूर्वानुमानलाई प्रारम्भिक कार्यमा सामेल गर्दै मानव जीवनको सुरक्षा, प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्दै विश्वलाई पूर्वानुमानात्मक कार्यले सकारात्मक काम भएको सन्देश दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीका निर्देशक बुद्धिसागर श्रेष्ठले पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि आवश्यक नगद रकम जगेडा अवस्थामा राखेर सहज बनाइनुपर्नेमा जोड दिनुभयो । इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठले अनुभवमा आधारित विपदपूर्व तयारीमा पछिल्लो समयमा प्रभावकारी र सकरात्मक काम भएको भन्दै अन्तरदेशीय विपदपूर्व सूचनालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

सहसचिव अमृत श्रेष्ठले अनुभव आदानप्रदान गर्ने, पूर्वअनुमानमा आधारित पूर्वतयारी कार्य र सुधारमा लागि सरकार र साझेदार संस्थाहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुईदिने कार्यक्रममा चुनौतीहरुका विषयमा छलफलका साथै चौथो राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा विपद् पूर्वकार्यका लागि राष्ट्रिय ‘फ्रेमवर्क’ तयार गर्ने अवस्थासम्म आइपुगेको जानकारी गराउनुभयो । रासस

Chitwan Aaja चितवन आज
सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान
राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग
देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

ताजा समाचार

सबै

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

नेपाल बार एशोसिएशनको आज ७०औँ स्थापना दिवस

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै

चितवनको इच्छाकामनामा पुस ११ गतेदेखि दोस्रो सुन्तला महोत्सव हुने

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

नारायणघाटको दियालो रोड: सडक पेटीको गमलामा सुन्दर चित्र कोरिदै

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरलाई अन्तर्राष्ट्रिय अवार्ड

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

लुम्बिनी राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

सुनको मूल्य तोलाको २ लाख ६१ हजार भन्दामाथि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ३.
    आज बिहीबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ४.
    आज शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    आज कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

  • ६.
    आज सोमबार नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech