भरतपुर । भरतपुर ५ स्थित अर्बिट स्कुलमा आयोजित विज्ञान प्रदर्शनी कार्यक्रममा अर्बिट स्कुल प्रथम भएको छ । त्यस्तै, दोस्रो स्काइराइडर स्कुल र तेस्रो वाल्मिकी शिक्षा सदन भएको छ ।
यस कार्यक्रमको सभाध्यक्ष अर्बिट स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रराज ढकाल रहेका थिए।
प्रमुख अतिथि भरतपुर वडा नं. ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ र विशिष्ट अतिथिमा अर्बिट स्कुलका पिटिए अध्यक्ष रामचन्द्र अधिकारी रहेका थिए।
कार्यक्रम संयोजक जगन्नाथ अधिकारी र सञ्चालक प्लस टुका संयोजक देवी बञ्जारा सहयोगमा यो प्रदर्शनी सम्पन्न भएको हो। कार्यक्रमको आरम्भमा स्कुल इन्चार्ज नारायण गोतमले स्वागत मन्तव्य राखे।
विज्ञानीय प्रयोग, नवीनतम आविष्कार र मोडलहरूले भरिएको यस प्रदर्शनीले विद्यार्थीहरूको सृजनशीलता र वैज्ञानिक सोचलाई उजागर गरेको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार






