काठमाडौं , पुस ४ –
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारागार प्रशासनले अहिले रविलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको छ । केहीबेरमा जहाजबाट उनी भैरहवा जाँदैछन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । उनले विगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।
बिहीबार कार्यालय समय सकिइसकेकाले शुक्रबारमात्रै उनको रिहाइको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि रवि आज काठमाडौंबाट रुपन्देही गएका हुन् । उनलाई भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो ।






