काठमाडौँ, पुस ३
नेकपा एमालेको महासचिव पदमा उम्मेदवार हुन नपाएपछि अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग रुष्ट बनेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई महासचिवको उम्मेदवार नबन्न आग्रह गर्दै उपाध्यक्ष लड्न सुझाएका थिए । तर, ज्ञवालीले भने उपाध्यक्ष नलड्ने घोषणा गर्दै केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए ।
उनले केन्द्रीय सदस्यमा उनले १९४२ मत ल्याए ।






