२५ मंसिर, काठमाडौं ।
काठमाडौंको कोटेश्वरस्थित महादेवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बागमती नदी किनारमा मृत भेटिएका छन् ।
मृत भेटिनेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ५२ वर्षीय बैजुहरि भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनी शंखमुलस्थित बागमती नदी किनारमा मृत भेटिएको प्रहरीले बताएको छ । मदिरा सेवन गरेको अवस्थामा सडकबाट बागमती किनारमा खसेर मृत भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
उनी कोटेश्वरकै पञ्चशील सहकारीका ऋण अधिकृत समेत हुन् ।






