Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर २५, २०८२
☰
Logo बिहिबार, मंसिर २५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६. आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ७. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु,मंसिर २५ –
दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ ।

“अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध पासाङ शेर्पाले भन्नुभयोे, “बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ, हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र ? कति धेरै फरक भइसक्यो ।”

दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो । तर हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्रगतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । विगतमा वर्ष भरी नै सेतो हिउँले ढपक्कै ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमाल अहिले कालो चट्टान र पर्वतका रङ्ग स्पष्ट देखिनु आजभोलिको सामान्य दृश्य जस्तै बनेको छ । सगमाथा क्षेत्र अवलोकनका लागि आउने पर्यटक उक्त अस्वभाविक दृष्य देखेर अच्चमित हुने गर्छन् भने स्थानीयलाई भने सोही दृष्य अब सामान्य जस्तै लाग्न थालेका छन् ।

“भ्रमणकर्ताहरुको जिज्ञासापछि हामी पनि सोच्न बाध्य हुन्छौँ नत्र अब त हामीलाई सामान्य जस्तै लाग्न थालिसक्यो किन की यो प्रकृया तीव्रगतिमा बढिरहेको छ, सोधौँ हामीले कसलाई सोध्ने रु रोकौँ कसरी रोक्ने रु केही विकल्प नहुँदा हामी चुपचाप बस्न बाध्य छौँ ।” खुम्जुङका फुडोमा शेर्पाले भन्नुभयो । “पृथ्वी तातो हुँदा हिमालको हिउँ हरेक वर्ष पातलो हुँदै गएको हो,” सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय भन्नुहुन्छ्, “हिउँले ढाकेका भाग घट्दै गएका छन् ।

हालका वर्षमा मौसमचक्र नै उल्टो भएको स्थानीयको बुझाइ छ । जोरसल्लेका पेमा शेर्पा भन्नुहुन्छ “पहिलेदेखि जाडो कडा हुन्थ्यो तर सहन सकिन्थ्यो । अहिले भने जाडोमा हड्डी नै कटकट दुख्ने गरी चिसो हुन्छ । गर्मीमा त झनै, हिमालकै काखमा बसेर पनि पसिना आउने गरी तातो हुन्छ ।

उच्च हिमाली क्षेत्रमा सन् १९७० पछि तापक्रम करिब १।५ डिग्री सेल्सियसले बढेको बताइएको छ । तापमानले रेखा नाघेपछि हिमालको सतहमा जम्ने हिउँको मात्रा घट्ने, जमिसकेको हिउँ द्रुत पग्लने र पर्वतको चट्टानी भाग खुला देखिनु स्वाभाविक प्रक्रियाजस्तै बन्दै गएको वातावारणविद् राजन थापाको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “हिमालमा कालो रङ देखिनु केवल हिउँ पग्लिनुको कारण होइन । विशेष कारणमध्ये हिमालबाट खसेको ठूलो चट्टान सतह, सुक्खा हिउँ पग्लेर बनेको चट्टानी पट्टी, वायुमण्डलबाट जम्मा हुने ब्ल्याक कार्बन र निकुञ्ज क्षेत्रमा बढ्दो मानवीय गतिविधि–मुख्यरूपमा उल्लेखनीय छन् ।”

गत वर्षको साउन ३२ गते शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले खुम्बु क्षेत्रमा वितण्डा मच्चियो । स्थानीयहरू अझै पनि त्यो क्षण सम्झँदा डराउँछन् । यसले २० भन्दा बढी घरमा क्षति पु¥यायो । विद्यालय, स्वास्थ्यचौकीसहित सरकारी संरचनादेखि पर्यटक पदमार्ग तथा स्थानीयको घर खेत, कामचलाउ संरचना, पशुका गोठ, जलविद्यत आयोजनासमेत बगाएर लग्यो । थामेको बाढी तल झर्दै आइपुग्दा फाक्दिङ–नाम्चे जाने मुख्य पर्यटकीय पदमार्ग नै कटान गरियो ।

खुम्बु क्षेत्रको पर्यटनलाई नेपालको सम्पूर्ण पर्यटन आयको मेरुदण्ड मानिन्छ । त्यही मेरुदण्ड जलवायु सङ्कटका कारण हरेक वर्ष कम्जोर हुँदै गएको छ । फेरिचे, इम्जा र खुम्बु क्षेत्रमा हिमतालको विस्तार तीव्र गतिमा बढेको छ । इम्जा ताल २० वर्षमा ६५ प्रतिशतले ठूलो भएको तथ्यले खुम्बु क्षेत्रमा जलवायु परिवर्तन कति तेज छ भन्ने स्पष्ट सङ्केत दिएको छ ।

इम्जा, थामसेर्कु बेसिन, खुम्बु बेसिनजस्ता क्षेत्र अहिले उच्च जोखिम सूचीमा रहेका बताइएको छ । खुम्बुका पशी लामा भन्नुहुन्छ, “पहिला हामी हिमताल फुट्ने कथा सुन्थ्यौँ, अब त्यसैको डर लिएर दिन बित्छ । हिउँ पग्लिएर ताल ठूलो हुँदै गएपछि यहाँका गाउँ, पुल, बाटो, बस्ती सबै जोखिममा छन् ।”

यहाँको पहिचान यहाँको जीवनशैली हिमालसँग गाँसिएको छ । पहिलादेखि सधैँ हिउँले भरिएको चिसो मौसममा गोठमा पशु राख्ने, पानी हिउँबाट पगालेर प्रयोग गर्ने, खेतीपाती तय गर्ने परम्परा पनि बदलिन थालेको छ । हिउँ कम परेपछि खोला नालामा पानी घटेको छ । दुधकोशी, इम्जा खोला, खोलाजस्ता स्रोत वर्षायामपछि मात्र बढ्छन्, तर हिउँ पग्लिने गति अनिश्चित भएकोले सुक्खा मौसममा पानी अभाव देखिन थालेको छ ।

जलवायु परिवर्तनसँगै ट्रेकिङ मार्गमा पहिरो, हिउँपहिरो र चट्टान खस्ने जोखिम बढेको उहाँको तर्क छ । स्थानीय गाइड बल दर्नाल भन्नुहुन्छ, “पहिला जसरी योजना बनाइन्थ्यो, अहिले मौसम अनिश्चित भएकाले पर्यटकका लागि जोखिमको हिसाबले धेरै सावधानी आवश्यक हुन्छ ।” यहाँको पहिचान जोखिममा पर्न सक्ने आरोही स्पीडकाजी शेर्पाको चिन्ता छ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मृत भेटिए
एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो
सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली

ताजा समाचार

सबै

कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मृत भेटिए

सोलुमा हिउँले ढाकेका भाग घट्दै

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली

‘म नभागेको भए के गर्नुहुन्थ्यो’ ? प्रधानमन्त्रीलाई ओलीको प्रश्न

चितवन सहितका राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघ गणना गरिँदै

नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा लागूऔषध खैरो हिरोइनसहित ८ जना पक्राउ

ग्रीनल्याण्ड पब्लिकमा विज्ञान प्रदर्शनी तथा आँखा परीक्षण

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६.
    आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech