चितवन राप्ती, असार ६
राप्तीमा बिपत ब्यबस्थापन पुर्ब तयारी एबम न्यूनीकरण सचेतना अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोटाइटी, राप्ती खैरहनी समन्वय समिती द्वारा आयोजित उक्त तालिम राप्ती को बिरेन्द्रनगरमा रहेको वडा कार्यालयको सभा हल मा सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा चितवनको सहयोगमा आयोजित उक्त तालिममा बिपत ब्यबस्थापन तथा मनोसामाजिक परामर्शको प्रशिक्षण दिइएको थियो। रेडक्रस सोसाइटी, राप्ती खैरहनी समन्वय समितिका अध्यक्ष चन्द्रकान्त न्यौपानेको सभापतित्वमा संचालित उक्त तालिममा प्राकृतिक तथा मानव सिर्जित बिपद ब्यबस्थापन कसरी गर्ने भनि प्रशिक्षण दिइएको थियो । त्यस्तै बिपद पश्चात जनमानसमा पर्न सक्ने मनोसामाजिक समस्यालाइ निराकरण गर्ने उपायहरुको बारेमा पनि जानकारी दिइएको हो ।
जिल्ला सभापती ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा राप्ती र खैरहनी भित्र रहेका बिद्यालयका शिक्षक नायक तथा रेडक्रस उप शाखाका प्रतिनिधिहरुको सहभागीता थियो । सहभागिहरुलाइ जिल्ला बिपत ब्यबस्थापन समितिका प्रमुख महेश्वर थपलिया र मनोसामाजिक परामर्शकर्ता प्रदिप सुवेदीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरिप्रसाद पौडेल, खडानन्द सिलवाल, राजकुमार गुप्ता, राप्ती ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटि लगायतको आतिथ्यता रहेको थियो ।