काठमाडौँ, कात्तिक २९-
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा (एमाले) का सचिव योगेश भट्टराई मिलेर नयाँ पार्टी खोल्दा कस्तो होला भन्दै गायिका ज्योति मगरले प्रश्न गरेकी हुन् ।
गायिका मगरलेसामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो प्रश्न गरेकी हुन् । उनले लेखेकी छिन्– ‘यी पढे लेखेका मूर्खहरू देशको चिन्ता भन्दा नि पार्टीको अध्यक्षतामा देउवा र ओली भएकोमा बढी चिन्ता गर्छन्।’
उनले थापा, भट्टराई र नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री एक कार्यक्रममा आफूहरू तीनै जना एमसीसीवादी भएको भन्दै हाँसिरहेको प्रसङ्ग पनि उल्लेख गरेकी छन्।
उनले यी नेताहरूलाई अवसरवादीको संज्ञा दिँदै थपेकी छिन्, ‘यी न कांग्रेसवादी न एमालेवादी न जनवादी न राजावादी यिनीहरू मलाइ औसरवादी लाग्छन्……छुचो मुख छ फेरि गाली खाइने हो…….’














