Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक २२, २०८२
☰
Logo शनिबार, कार्तिक २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ६. हेर्नुस तपाइँको आजको राशीफल

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ९. नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

  • १०. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ, कात्तिक २२-
यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ ।

कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो ।

दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभयो ।

केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका किसानहरू यसअघि वर्षाले क्षति पुर्‍याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पुर्‍याएको धान थन्क्याउन यतिखेर किसानहरू खेत–खेतमा जुटिरहेका हुन् ।

ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरू बाँदरलगायतका वन्यजन्तुहरूबाट समेत धान जोगाउने हतारोमा छन् । देशभर परेको वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्र करिब ४१ दशमलव ६३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

पन्ध्र वडा रहेको यो नगरपालिकामा तीन हजार ५०० हेक्टरमा धानखेती गरिन्छ । यसमा करिब आठ हजार ९९५ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

विशेषगरी काटेर पाँजो लगाएको धानमा ठूलो क्षति पुगेको वडा नं ११ खार्मीका युवा कृषक हेमन्त राईले जानकारी दिनुभयो । “अविरल वर्षाका कारण काटेर आलीमा राखिएको धान आलीमै उम्रिएका छन् । अविरल वर्षाले धान, कोदो, फापरलगायतका बाली तथा फलफूलमा ठूलो मात्रामा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “पाकेर थन्क्याउन लागिएको प्रमुख बाली धानमा वर्षाले क्षति गरेपछि भोकमरी हुने निश्चित छ । यसमा सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।”

हलेसी तुवाचुङ नगरपालिकामा पनि धान बालीमा ठूलो क्षति भएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो । जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाका १२० हेक्टरमा धानखेती गरिन्छ । यसमा ३०८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

जन्तेढुङ्गा गाउँपालिकामा पनि धानखेतीमा व्यापक क्षति पुर्‍याएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । उपप्रमुख खड्काका अनुसार यो गाउँपालिकामा ४० प्रतिशत धानखेती नष्ट भएको छ ।

सात वडा रहेको यो गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा धानखेती गरिन्छ । यसमा करिब ६१९ दशमलव २७ मेट्रिक टन उत्पादन हुने गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

बराहापोखरी गाउँपालिकामा पनि धानखेतीमा क्षति पुगेको छ । यो गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी पुर्‍याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो । यो गाउँपालिकामा ६५७ हेक्टरमा धानखेती गरिन्छ । यसमध्ये एक हजार ६८८ दशमलव ४९ मेट्रिक टन उत्पादन हुने गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

खोटेहाङ गाउँपालिकामा पनि धानखेतीमा ठूलो क्षति पुगेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । यो पालिकामा एकीन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ ।

गाउँपालिकामध्ये सबैभन्दा ठूलो ९नौ वडा रहेको० यो गाउँपालिकामा एक हजार २०० हेक्टरमा धानखेती गरिन्छ । यो गाउँपालिकामा करिब तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धानखेतीमा क्षति पुर्‍याएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । यो पालिकामा पनि एक हजार २०० हेक्टरमा तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरीले धानबालीमा व्यापक क्षति पुर्‍याएको छ । साकेला गाउँपालिकामा आठ हेक्टरमा दुई हजार ५६ मेट्रिक टन, रावाबेँसीमा ८५० हेक्टरमा दुई हजार १८४ दशमलव पाँच मेट्रिक टन, केपिलासगढीमा ७५० हेक्टरमा एक हजार ९२७ दशमलव पाँच मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार ५७० मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २६ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र खोटाङले उल्लेख गरेको छ । यस वर्ष धान रोप्नका लागि समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो । रासस

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
सर्पको डसाइबाट महिलाको मृत्यु
तोसिमालाई विस्तारित बैठकमा बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

ताजा समाचार

सबै

बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

सर्पको डसाइबाट महिलाको मृत्यु

तोसिमालाई विस्तारित बैठकमा बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

टुहुरो ‘मेघौली’ गाडीको ठक्करबाट घाइते, एक जना पक्राउ

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

आलमको निधनमा रास्वपा नेतृको टिप्पणी: मृत्यु उत्सव नबनोस्, नेता सुध्रिउन्

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

हेर्नुस तपाइँको आजको राशीफल

फोहोरमैला व्यवस्थापनमा बागमती प्रदेश सरकारको नयाँ खाका, दक्षिणकालीलाई ‘मोडेल पालिका’ बनाइने

खेलकुद महोत्सव : भलिवलको उपाधि मन्जिल र मनिष तथा आशिका र स्वीकृतिको जोडीलाई

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

  • ६.
    हेर्नुस तपाइँको आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech