Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

त्रिवेणी (नवलपरासी), कात्तिक १२
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२र८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो ।

निकुञ्ज र नवलपुर पर्यटन समितिबीच नवलपुरको मार्ग हुँदै निकुञ्जमा जीप सफारीको सम्झौता भएको जनाउँदै उहाँले उक्त सहमति अनुसार आधा दिन र पूरै दिन जीपबाट निकुञ्ज क्षेत्र भ्रमण गर्न सकिने जानकारी दिनुभयो ।

आधा दिनको निकुञ्जभित्रको सफारीमा नवलपुरको अमलटारीघाट हुँदै टेम्पलटाइगर–मुण्डा ताल–देवीताल हुँदै सोही बाटो फर्कने तथा अमलटारीघाट–मुण्डा ताल–टाइगर टप्स हुँदै फर्कने मार्ग तोकिएको समितिका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूरै दिनको भ्रमण मार्ग घडियाल प्रजनन केन्द्र पुग्नेका लागि मात्र प्रदान गरिएको छ । जसअन्तर्गत घडियाल प्रजनन केन्द्र हुँदै प्रमुख वनमार्ग भएर अमलटारी फर्किने अनुमति प्राप्त भएको महतोले बताउनुभयो । नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीका लागि सातवटा सवारीसाधनलाई अनुमति दिइएको जनाउँदै उहाँले समितिले प्रयोग गर्ने सवारीसाधनको विवरणसमेत निकुञ्जले स्वीकृत गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष महतोका अनुसार सवारीसाधनमा ‘भेइकल ट्र्याकिङ एण्ड मोनिटरिङ सिस्टम’ ९जिपिएस० अनिवार्य जडान गर्न निकुञ्जले अनुरोध गरेको छ । निकुञ्जको निर्देशनअनुसार शीघ्र सवारीमा जिपिएस जडान गरिने बताउँदै उहाँले निकुञ्जसँगको सम्झौतामा आगामी मङ्सिर १५ गतेभित्र सवारीमा जिपिएस जडान गर्ने समयसीमा तोकिएको जानकारी दिनुभयो ।

नवलपुर पर्यटन समितिमार्फत नवलपुरको मार्ग हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्न चाहने पर्यटकलाई अमलटारीघाटस्थित नारायणी नदीमा डुङ्गाबाट तारेर निकुञ्ज क्षेत्रमा जीप सफारी गराइने छ । समितिले स्वीकृत प्राप्त सवारी भने नदीपारि निकुञ्जमै राख्ने छ । नवलपुरबाट निकुञ्जमा जीप सफारी गर्ने पर्यटकले नारायणीमा बोटिङको आनन्दसमेत लिन पाउनेछन् ।

नवलपुरबाट निकुञ्ज क्षेत्रमा जीप सफारीको अनुमतिले यहाँको पर्यटनमा थप चहलपहल बढ्ने पर्यटन व्यवसायी धनिराम गुरौले बताउनुभयो । नवलपुरको मध्यवर्ती सामुदायिक वन गैँडा अवलोकनका लागि उपयुक्त गन्तव्य रहेको भन्दै उहाँले यहाँका सामुदायिक वनमा जीप सफारी सञ्चालन रहिरहेको अवस्थामा चालु आवमा यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

“यहाँका सामुदायिक वन गैँडा अवलोकनका लागि प्रख्यात छ, अब निकुञ्ज जान्छु भन्ने पर्यटकसमेत अमलटारी हुँदै घुम्न पाउने हुँदा पर्यटकीय गतिविधि पक्कै थप बढ्नेछन्”, गुरौले भन्नुभयो । यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक गतिविधि बढ्ने र रोजगारीका अवसर सृजना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा
इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

ताजा समाचार

सबै

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.