चितवन, असोज २९ –
नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । आज बुधबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले विविध विषयमा छलफल गर्दै केही निर्णयहरु समेत गरेको छ ।
नेकपा एमाले चितवन जसंगठन संयन्त्रको आयोजनामा कार्तिक १ गते हुने सद्भाव र्यालीलाई सफल बनाउन महानगर कमिटीले महत्वपूर्ण भूमिका खेल्ने निर्णय भएको नेकपा (एमाले) भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले जानकारी दिए । त्यसैगरी पार्टीलाई जरैदेखि बलियो बनाउन पार्टीका वडा कमिटीलाई क्रियाशिल बनाउने, क्षति ग्रस्त भवन निर्माणका लागि पार्टी भित्रैबाट आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गर्ने लगायतका विषयमा निर्णय गरिएको अध्यक्ष थपलियाले बताए ।
शंकर थपलियाको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सल्लाहकार हरि सापकोटा र एमाले चितवनका अध्यक्ष कमल पाठकले संवोधन गरेका थिए । त्यसैगरी बैठकलाई महानगर कमिटी सचिव अशोक ज्ञवालीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष दिलिप न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । बैठकमा महानगर कमिटीका नेता सहित जिल्ला कमिटी पदाधिकारी एवम् केही सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।