Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

पुनर्जागरण समयको सदुपयोग

काठमाडौँ, असोज २७ –
सामाजिक परिवर्तन कहिल्यै आकस्मिक हुँदैन । ती युगौंसम्म थुप्रिएका असन्तोषका गर्भबाट फुट्छन्, चेतना अनुसार अभिव्यक्त हुन्छन् र अन्ततः संस्थागत रुपान्तरणतर्फ डोरिन्छन् । नेपाली समाजले भोगेको पछिल्लो जेन जी आन्दोलन यस्तै एउटा ऐतिहासिक मोड हो, जसले केबल सरकार वा दलहरूको कार्यशैली माथि प्रश्न उठाएको मात्र छैन, सिङ्गो शासन प्रणाली र राजनीतिक संस्कारको पुनर्विचारको माग गरेको छ ।

नेपालको राजनीतिक इतिहासमा फेरि युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिए । यो आन्दोलन न कुनै दलको निर्देशनमा भयो, न कुनै नेताको आह्वानमा । तर यसले देशको राजनीतिक, प्रशासनिक, आर्थिक र सामाजिक संरचनामै गहिरो धक्का दियो । यसले प्रणालीगत सुधारको लागि मार्गप्रशस्त गरेको छ । जेन जी आन्दोलनको जरा गहिरो छ । नेपाली जनतासँग संवैधानिक संरचनामाथि असन्तोष थियो, जसले ‘लोकतन्त्र’ भनिए पनि जनताको अपेक्षा, सम्मान र सहभागितालाई निरन्तर उपेक्षा गर्दै आएको थियो । त्यहीबेला अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाग्यो । प्रशासनिक भ्रष्टाचार र नातावाद मौलाएकै थियो । सत्ताधारीको अहंकारपूर्ण व्यवहार चरम चुलीमा पुगेको थियो । संसदीय अनुत्तरदायित्व व्यवहारबाट जनतले दिक्क मानेका थिए । न्यायालय पहुँचवाला र धनवालाको थियो । यी सबै गतिविधिले समाजमा एक गहिरो असन्तोष बढाएको थियो, जुन जेन जी आन्दोलनको रूपमा विस्फोट भयो ।

यस आन्दोलनमा नाम जेनजीको भए पनि अरु उमेर समूहको पनि सहानुभूति र सहभागिता रहेको थियो । त्यसबेला भएको घुसपैठले नेपालले ठूलै मूल्य चुकाएको छ । चौहत्तर जना होनहार युवाको ज्यान गयो, सयौँ घाइते भए । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेश मन्त्रालयहरु, करिब तीन सय स्थानीय तहका कार्यालय, प्रमुख दलका कार्यालय, प्रमुख दलका शीर्ष नेताहरुको निवास, चार सय ८६ भन्दा बढी प्रहरी इकाइका साथै होटल तथा व्यापारिक केन्द्रहरुमा आक्रमण र आगजनी भयो । यसबाट करिब एक खर्बभन्दा बढी आर्थिक क्षति भएको अनुमान गरिएको छ । १० हजारभन्दा बढी श्रमिक प्रभावित भएका छन् । महत्वपूर्ण अभिलेख र प्रशासनिक कागजात नष्ट भएका छन् । यसबाट गर्दा विश्व बैंकले देशको आर्थिक वृद्धि दर ५।२ प्रतिशतबाट २।१ प्रतिशतमा घट्ने अनुमान गरेको छ ।

जेनजी आन्दोलनले राजनीतिक जवाफदेहिता र संस्थागत पुनर्संरचनाको आवश्यकता उजागर गरेको छ । जुन मूल्यमा चेतनाको पुनर्जन्म हुन्छ, त्यो समाजका लागि दीर्घकालीन लाभ हुन्छ । यस्ता आन्दोलनहरू इतिहासका पानामा प्रसस्त भेटिन्छन् । बेलायतको गौरवमय क्रान्ति, फ्रेन्च क्रान्ति, अरब वसन्तदेखि ट्युनिसियामा देखिएको विद्रोहसम्मको अनुभवले ती सबै विकृत संस्थाविरुद्ध जनविद्रोह भएको थियो । ट्युनिसिया, श्रीलङ्का, बङ्गलादेश जस्ता मुलुकमा यस्ता विद्रोहपछि नयाँ चुनाव र पुनःसंरचनाका काम भएका छन् । नेपालमा पनि यो आदोलनले केही गहिरा सामाजिक र राजनीतिक सङ्केतहरू दिएको छ । राजनीतिमा युवाको चासो बढेको छ । सत्ताको अकर्मण्यताको प्रतिवाद जेनजी पुस्ताले गरेको छ । नेताहरूको वास्तविक अनुहार जनतामाझ स्पस्ट भएको छ । कार्यकारी प्रमुख चयनको बहस जीवन्त बनेको छ । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा सार्वजनिक विमर्श हुन थालेको छ । यी सबै सङ्केतहरूले नेपाल गम्भीर मोडमा उभिएको छ ।

जेनजी आन्दोलन संसद् विघटन गर्ने, अन्तरिम सरकार गठन गर्ने र फागुन २१ गते निर्वाचन गर्ने भनेर भएको होइन । यहाँ त संरचनागत, प्रक्रियागत र नैतिक पुनर्निर्माणको आधार निर्माण गर्न भएको हो । संविधान संशोधन र त्यसकै आधारमा चुनाव भएको भए एकोहोरो पर्दथ्यो । संविधान संशोधन नगरी चुनावमा जानु भनेको अर्को अस्थिरताको स्वागत गरेजसो पनि हुनेवाला छ । यसैले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ । यो अहिलेको बहसको मूल विषय बन्नुपर्दछ ।

प्रशासनिक पुनर्संरचना गर्नै पर्नेछ । यो बीचमा अस्थिरता ल्याउने मुख्य काम सिंहदरवारबाट प्रशासनिक सङ्घीयताको काम नहुनाले भएको थियो । अहिले सिंहदरवारभित्र नेताहरुले भोगेको अवस्था प्रशासनिक नेतृत्वले भोग्न सक्ने अनुमान कर्मचारीहरुले नै गर्न थालेको देखिन्छ । यसैले आन्दोलनका क्रममा भएको निरङ्कुश बर्बरताको न्यायिक छानबिन र कारवाही हुनैपर्छ । अभिलेखीय पुनस्र्थापना गर्नैपर्छ । वास्तविक समावेशिता र युवा पुस्तासँग संवादको थालनी छिटो गर्नुपर्छ । सूचना प्रवाहमा पारदर्शिता अपनाउनु पर्छ । दलहरूमा आन्तरिक शुद्धीकरण हुनैपर्छ । यहाँ मुख्य सवाल प्रतिनिधित्वको होइन, नेतृत्वमा युवा पुग्ने बाटो खोल्नुपर्छ ।

आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले निर्वाचनको घोषणा गरिसकेको छ । अधिकांश दलहरू चुनावमा जान तयार छन् । राजनीतिलाई सही दिशामा लैजान पनि सबै राजनीतिक दलहरु निर्वाचनमा जानैपर्छ । विगतमा आफ्ना शासकीय कमजोरीहरुलाई समीक्षा गर्दै जनतामा जानुको विकल्प छैन । नेतृत्व पुस्तान्तरणको कुरा त्यतिकै उठेको होइन । औसत आयुभन्दा माथिका सक्रिय नेतृत्वको सीमा तोकिनुपर्छ । समाजलाई गतिशील बनाउने हो भने युवालाई केबल कार्यकर्ता होइन, निर्णयकर्ता नै बनाउनुपर्छ ।

संरचनागत लोकतन्त्रको कार्यान्वयन हुनपर्छ । दलभित्र सबै पदमा स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था हुनपर्छ । आन्तरिक लोकतन्त्र बलियो भयो भने मात्र राजनैतिक संस्कार बस्न सक्छ । आलोचना स्वीकार गर्न सक्नुपर्छ । हामीले देख्ने नेतृत्व नीतिगत स्पष्टता, २१ औँ शताब्दीका मुद्दा पहिचान गर्ने र त्यसको सम्बोधन गर्नसक्ने हुनुपर्छ । डिजिटल प्रविधि, पर्यावरण, मातृवर्ग र श्रमजीवी नागरिकको विषयमा स्पस्ट हुनपर्छ । सबैखाले भ्रष्टाचारविरुद्ध निरन्तर लागिरहने संस्कृति बनाउन सक्नुपर्छ । युवाहरुको मागसँग संवाद गरिरहनु पर्छ । आन्तरिक लेखापरीक्षण र पारदर्शिता हुनैपर्छ । आर्थिक पारदर्शिता, स्वतन्त्र मूल्याङ्कन गर्ने पद्दति बसाल्नुपर्छ । राजनैतिक पार्टीहरुले आत्मसमीक्षा गरी आफ्नो तर्फबाट भएको गल्ती कमजोरीलाई स्वीकार गर्नुपर्छ ।

अहिले निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । यही अवस्थामा हेर्दा संविधान संशोधनका मुख्य विषयवस्तु लिएर चुनावमा जानुपर्ने देखिन्छ । राष्ट्रियसभा साँच्चीकैको विज्ञ सभा बनाउने, प्रतिनिधिसभाको सङ्ख्या जनसङ्ख्याको भन्दा पनि भूगोलमा आधारित हुने गरी संशोधन गर्नुपर्ने देखिन्छ । राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले कानुन बनाउनेमा क्रियाशील हुनु पर्दछ । प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) र मुख्यमन्त्री भयो भने राजनैतिक अस्थिरताको अन्त्य हुनसक्छ । उनीहरुको नेतृत्वमा विषय विज्ञहरु सम्मिलित सरकार सञ्चालन गर्दा बढी प्रभावकारी देखिनेछ ।

यतिबेला केहीले प्रदेश र सङ्घीयता खारेज हुनुपर्दछ भनिरहेका छन् । सङ्घीयताको मुटु प्रदेश हो । सङ्घीयता सबलीकरणसम्बन्धी एक अध्ययनले वितेका ३० वर्षमा नभएका कामहरु सङ्घीयता आएपछिको सात वर्षमा भएको देखिएको छ । बरु प्रदेशसभा सदस्यको सङ्ख्या घटाउने वा सोही प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्षद बनाएर हिउँदे अधिवेशन (नीति तथा कार्यक्रम र बजेट अधिवेशन) र वर्षे अधिवेशन (विधायन अधिवेशन) गर्ने पद्धति बसाल्न सकिन्छ । स्थानीय तहको सङ्ख्या घटाएर तीन सयसम्म झार्दा हुन्छ । यसमा वडाको सङ्ख्या भने बढाउनुपर्ने हुन्छ ।

जेनजी आन्दोलन दुई दिन चल्यो । यो अग्रगामी कदम हो । अन्तरिम सरकारले यसमा अलमल देखायो भने फेरी खराब अवस्था आउन सक्छ । विश्वभरका घटनाक्रमले यो समयमा युवाहरुले हौसिने होइन, धैर्यताका साथ पार लगाउने विषयमा सोच्नुपर्छ । राजनीतिक दलहरूले विगतको गल्ती स्वीकार गरेनन्, युवालाई नेतृत्वमा आउने आधार बनाएनन्, पारदर्शिता र जवाफदेहिताको नयाँ युग सुरु गर्न सकेनन् भने समयले किनारा लगाउनेछ । राजनीति केबल शासन गर्ने साधन मात्र होइन, विश्वास निर्माण गर्ने, प्रणाली सुधार गर्ने र नागरिक चेतनालाई सम्मान गर्ने माध्यम हो । यसैले अबको निर्वाचन सरकार बनाउने प्रक्रिया मात्र होइन, राज्य निर्माणको दिशासमेत हो । यो समयलाई प्रतिगामी सोच मौलाउने र यथास्थितिमा अल्मलिन दिनुहुँदैन ।

यसैले बौद्धिक वर्ग, नागरिक समाज, मिडिया र युवाहरूको सक्रिय भूमिका आवश्यक छ । यो समय परिवर्तन र रूपान्तरणको हो । नेपालको इतिहास फेरि एकपटक सम्भावनाको मोडमा उभिएको छ । यो मोड पार गर्नसक्ने क्षमताको विकास राजनीतिक दल, नागरिक समाज र प्रशासनिक संरचनाहरुको सामूहिक आत्मसमीक्षा र प्रतिबद्धतामा निर्भर गर्दछ । यसैले आगामी निर्वाचनमा देशलाई समाजवादमा लाने राम्रा उम्मेदारको छनोटमा जोड दिनुपर्छ ।

पैसाको भरमा चुनाव लड्ने र जितेपछि लुट्ने सपना देख्ने प्रवृत्तिको अन्त्य गराउने वातावरण बनाउनुपर्छ । यसका लागि निर्वाचन आयोगले चुनावी सभाहरुको आयोजना गरी देश र जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई एउटै मञ्चमा प्रश्नोत्तर गरेर जनताले चिन्न पाउने अवस्था निर्माण गर्नु उपयुक्त हुन्छ । स्मरण रहोस्, यो लोकतान्त्रिक पुनर्जागरणको समय हो । यसको सही व्यवस्थापन अन्तरिम सरकारबाट हुनुपर्छ । रासस

Chitwan Aaja चितवन आज
सोमबार, असोज २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल
अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु
कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

ताजा समाचार

सबै

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

कारागारबाट भागेका पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

चितवनमा व्यावसायिक सयपत्री फूल उत्पादन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech