आशिष उप्रेती
चितवन, असार ४-
पूर्वी चितवनको राप्ती ६, हर्दिको सशस्त्र ब्यारेकको गाउमा रहेको उप्रेती टोल जाने बाटोको पिच निर्माणको काम ढिला सुस्ति भएको स्थानियले गुनासो गरेपछि आज शनिबार राप्तीका नवनिर्वाचित मेयर शमसेर लामाले बाटोको निरिक्षण गर्नुभएको छ । कच्चि बाटोको पिच र एकतर्फि ढल निर्माणको काम ढिला सुस्ती भएको र पिच गर्नको लागि कुनै पनि मापदण्ड नअप्नाईएको स्थानियले गुनासो गरेपछि सो बाटोको निरिक्षण गर्नुभएको हो।
सशस्त्र ब्यारेकको गाउमा रहेको उप्रेती टोल जाने बाटो स्थानिय सरकार आएको ५ वर्ष बितिसक्दा पनि बाटो पिच हुन सकेको छैन । धेरै वर्ष अगाडि देखि रहेको कच्चि बाटो हाल पनि उस्तै रहेको छ । स्थानिय सरकार आएको २०७४ सालदेखि अहिलेसम्म पूर्व पश्चिम राजमार्गसंग जोडिएको बाटोलाई अघिल्लो स्थानिय सरकारले कुनै वास्ता समेत गरेको देखिदैन । राप्तीका नाम चलेका जनप्रतिनिधिको घर जाने बाटो प्रत्येक वर्षको बजेटमा बाटो बिकास हुने तर स्थानिय सरकार आएको ५ वर्ष बितिसक्दा पनि पूर्व पश्चिम हाईवेसंग जोडिएको उप्रेती टोल जाने बाटो अहिले सम्म पिच हुन नसकेको स्थानिय बासीले दुखेसो पोखेका छन् । अघिल्लो स्थानिय सरकारबाट बल्ल तल्ल गत वर्ष सो बाटोको लागि १० लाखको बजेट परेको थियो तर अहिलेसम्म असार महिना लाग्दा समेत बाटो पिचको काम हुन सकेको छैन ।
चुनाव अगाडि काम देखाउनका लागि ग्राबेलको थुप्रो झार्यो तर त्यसलाई सम्म्याउनका लागि ठेकेदारले डोजर पठाउन नसकेकोले गाउबासीले धेरै समस्या र दुख भोगेको स्थानियले बताए । पटक पटक वडामा भनेपछि बल्ल तल्ल ग्राबेल सम्माउनका लागि डोजर आएर सम्म्यायो तर झारा टार्ने काम गरेर सम्मायो । अहिले राप्तीमा आएको नया स्थानिय सरकारले सो बाटोको निमार्ण कार्य समयमा नै सक्ने स्थानियले आशा राखेका छन् ।







