चितवन, असोज १०-
चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलाको पहिरो अपरेटरले जोखिम मोलेर हटाएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ ।
कार्यालयले सामाजिक सञ्जालमार्फत् जोखिम मोलेर पहिरो हटाउन सक्रिय हुने अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सबैप्रति आभार व्यक्त गरेको हो।
कार्यालयको स्टाटस जस्ताको त्यस्तैः
मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरूद्द हुन पुग्यो र निरन्तरको प्रयास पश्चात् हिजो राती १०:३५ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। यस क्रममा सर्वप्रथम निरन्तर ढुंगाहरू खसिरहदा समेत खतरा मोलेर सफा गर्नुहुने अपरेटर साथीहरू हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छु। यसको अलाभा फिल्डमा निरन्तर खटिनुभएका सुपरभाइजर, प्राविधिक साथीहरू एवं अन्य कर्मचारी साथीहरू, नागढुंगा-मुग्लिन सडक आयोजना मुग्लिनको प्रमुख ज्यू सहितको टिम, HED Hetauda/Pokhara, निरन्तर हौसला र सुझाव दिनुहुने FRSMO/DoR/MOPIT को नेतृत्व एवं परिवार, सडक विभागका समस्त शुभेच्छुक साथीहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। बिशेषतः चितवन जिल्लाको नेतृत्व प्रमुख जिल्ला अधिकारी ज्यू, सुरक्षा निकायका नेतृत्व एवं अन्य साथीहरूले पुर्याउनु भएको सहयोगको लागि सबैमा हार्दिक धन्यवाद साथै आभार व्यक्त गर्न चाहन्छु। फिल्डको कुशल व्यवस्थापनको लागि Er. Arjun Ghimire लाई विशेष धन्यवाद। यस बीचमा यात्रु महनाुभावहरूलाई पर्न गएको असुविधाको लागि सडक डिभिजन भरतपुरको तर्फबाट क्षमा चाहन्छु।