चितवन, ३१ भदौ :
नारायणगढ–मुग्लिन सडकको नाम्सी पुल नजिक माथिबाट खसेको ढुंगाले लागेर बसमा सवार एक जना यात्रुको मृत्यु भएको छ ।
आज साँझ ७ बजेको समयमा तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा सवार लमजुङ घलेगाउँ–३ बस्ने ४६ वर्षीय ऐश्र्या कामीलाई सडक माथिबाट खसेको ढुङ्गा बसको खुला ढोकाबाट पसेर लागेको थियो ।
ढुङ्गाले लागेर घाइते भएकी कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा साँझ ७ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
बस र बस चालक तनहुँ म्याग्दे गाउँपालिका–२ बस्ने वर्ष ३५ को तेज कुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।